काठमाडौँ । आइसीसी क्रिकेट वर्ल्ड कप लिग टु अन्तरगत नेपाल र ओमान बीचको खेल शुरु भएको छ । त्रिभुवन विश्वविद्यालयस्थित क्रिकेट मैदानमा आयोजित एकदिवसीय खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ ।
एकदिवसीय मान्यता पाइसकेपछि नेपालले पहिलोपटक घरेलु मैदानमा त्रिकोणात्मक सिरिज खेल्दैछ । नेपालले पहिलो खेल कीर्तिपुरमा ओमानसँग खेल्दै सिरिजको शुरुआत गर्दैछ र यसैबाट सन् २०२३ मा हुने विश्वकपको यात्रा पनि नेपालले शुरुवात गरेको छ ।
खेल शुरु भएसंगै अहिले सम्म ओमानले २५ ओभर खेलिसक्दा ५ विकेटको नोक्सानमा ७० रन बनाउन सफल भएको । यता नेपालका तर्फबाट करण केसी र सुसन भारीले २-२ विकेट लिन सफल भएका छन् भने १ व्याट्सम्यान रनआउट भएका छन् ।
प्रतियोगिता हेर्न ग्राउण्डमा क्रिकेट प्रेमी दर्शकको घुईचो छ । पहिलो पटक आयोजना भएको यो प्रतियोगिताबाट क्रिकेट खेलाडी, प्रशिक्षक, क्यान पदाधिकारीसँगै आम नेपाली क्रिकेटप्रेमी यो सिरिजबाट निकै उत्साहित छन् ।
ओमान सन् २०१२ पछि नेपाल खेल्न आएको छ । सन् २०१३ यता नेपालले उसलाई हराउन सकेको छैन । घरेलु मैदानको फाइदा लिँदै ओमानलाई हराउने दाउमा नेपाल रहेको छ । नेपालले शनिबार अर्को टोली अमेरिकासँग खेल्दैछ । अमेरिका सन् २०१० पछि नेपाल आएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ माघ २०७६, ११ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’को सूचीमा कायमै
थाइल्यान्डसँग पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो
एसीसी महिला प्रिमियर कप : थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती
ओमानलाई आठ विकेटले हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा
राष्ट्रसंघीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
एसियाली छनोट : समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल