देवघाट जान्न एउटै पुस्तक काफी !

सफल खबर संवाददाता

मंगलबार, २१ माघ २०७६, १६ : २५
देवघाट जान्न एउटै पुस्तक काफी !

चितवन । देवघाट चिनाउने पुस्तक सायदै होलान् । एउटा पुस्तक जसले सम्पूर्ण धार्मिक पवित्र तीर्थस्थल पर्यटकीय गन्तव्य बनेको देवघाटलाई चिनाउँछ । जुन पुस्तक देवघाट गाउँपालिकाले प्रकाशनका ल्याएको हो । यस पुस्तकमा पवित्र तीर्थस्थल देवघाटका पर्यटकीय तथा धार्मिक सम्पदा समेटिएको छ ।

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी गाउँपालिकाले स्थानीय स्तरमा रहेका जीवन्त सम्पदा समेटिएको पुस्तिका प्रकाशन ल्याएको जनाएको छ । 
गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर रानाले देवघाटका महत्त्वपूर्ण ठाउँहरुको प्रचारप्रसार गर्ने उद्देश्यसहितले पुस्तिका प्रकाशनमा ल्याएको बताए । देवघाट नेपालमा मात्रै नभई विदेशमा समेत प्रख्यात रहेको ठाउँ हो । देवघाटमा वार्षिक रुपमा लाखौं भक्तजन आउने गरेका छन् । 

देवघाटको चक्रवर्ती मन्दिर, गलेश्वर आश्रम, महेश सन्यास आश्रम, हरिहर सन्यास आश्रम, वेणी संगमस्थल, सीता गुफा, देवपुर सामुदायिक घरबास, गोपीटार सामुदायिक घरबास, खाल्टे सामुदायिक घरबास, कोटा रंगशाला, छरछरे झरना, घण्टाचुली, प्याउलीगढी, सिन्च्याङगढी, पालुराज मन्दिर, सीता गुफा, बौद्ध गुम्बा लगायतका पर्यटकीय गन्तव्यलाई पुस्तिकाभित्र समावेश गरिएको छ ।

देवघाट घुम्न आउने पर्यटकहरुलाई जानकारी गराउने उद्देश्यसहित मुख्य धार्मिक तथा पर्यटकीय स्थलहरूको बारेमा नाम र नक्सा सहितको बोर्ड स्थापना गरिएको समितिका अध्यक्ष शिवराज पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस