काठमाडौं । नेपाल शिक्षक महासंघले विभिन्न बहानामा विद्यालय कर्मचारीहरुलाई सेवाबाट हटाउने काम बन्द गर्न माग गरेको छ ।
देशका विभिन्न स्थानमा विद्यालयहरु गाभ्ने तथा बन्द गर्ने प्रक्रिया अन्तर्गत तथा अन्य विभिन्न कारणहरु देखाउदै सेवारत विद्यालय कर्मचारीलाई जवर्जस्ती सेवाबाट वाहिर पठाइएका घट्नाहरु सार्वजनिक हुन थालेका प्रति महासंघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
एक प्रेस विज्ञप्ति जारी गर्दै महासंघले देशमा नयाँ राष्ट्रिय शिक्षा ऐन बन्ने र जारी हुने अवस्थामा रहेको र उक्त ऐनले कार्यरत विद्यालय कर्मचारीको सेवा शर्त र सविधा सम्बन्धी विभिन्न प्रबन्ध गर्ने क्रममा रहेकोले उक्त ऐन जारी भई त्यस सम्बन्धी कुरा टुङ्गो नलागुन्जेल कार्यरत विद्यालय कर्मचारीलाई सेवाबाट वाहिर पठाउने कार्य नगर्न र नगराउन सम्बन्धित सवैमा अपील गरेको छ ।
प्रेस विज्ञप्तिमा भनिएकोछ– विद्यालय कर्मचारीहरुको सेवाबाट गरिएको त्यस्ता बहिर्गमनको कार्यलाई रोक्न आवश्यक पहलकदमी तथा पक्षीकरण गर्न नेपाल शिक्षक महासङ्घ तथा यसका आवद्ध सम्बद्ध संस्थाका सवै तहका समितिहरुमा समेत अनुरोध गर्दछौं।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० माघ २०७६, १४ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आन्दोलनको चेतावनीसहित शिक्षा विधेयक पारित गर्न सरकारलाई शिक्षकहरूले दिए अल्टिमेटम
सिंहदरवारमा शिक्षा समितिको बैठक सुरु
प्रदर्शनका लागि शिक्षकले सडक कब्जा गर्न खोज्दा प्रहरीसँग धकेलाधकेल
शिक्षक महासंघद्वारा आम शैक्षिक हड्ताल घोषणा, एसईईको उत्तर पुस्तिका परीक्षण समेत रोकियो
नेपाल शिक्षक महासंघले बुधवारदेखि काठमाडौँमा आन्दोलन गर्ने