संसारकै ‘हट’ हजुरआमा

सोमबार, २० माघ २०७६, १२ : ४६
संसारकै ‘हट’ हजुरआमा

अस्ट्रेलिया । जिना स्टेवार्ट अस्ट्रेलियाकी मोडल तथा व्यवसायी हुन् । चार सन्तानकी आमा ४९ वर्षीया उनी एक नातिनीकी हजुरआमा पनि हुन् । उनलाई संसारकै आकर्षक हजुरआमा (हटेस्ट ग्य्रान्डमा) भनिन्छ । उनी चाँडै नै विश्वप्रसिद्ध म्यागजिन ‘प्लेब्वाई’को आवरण पृष्ठमा देखिने भएकी छिन् । 

इन्स्टाग्राम, ट्वीटरजस्ता सामाजिक सञ्जालमा उनका कामोत्तेजक तस्बिर र भिडियो भाइरल हुने गरेका छन् । हजुरआमाको परम्परागत छविमा कतै पनि मेल नखाने संसारकै कामुक हजुरआमाको संज्ञा दिइएकी जिना गोल्ड कोस्टमा बस्छिन् । उनले हालसालै डढेलोपीडित आफ्नो देशका वन्यजन्तुको संरक्षणका लागि २ लाख ५० हजार डलरभन्दा बढी रकम जुटाउन मद्दत गरेकी थिइन् । 

सामाजिक सञ्जालमा उनलाई हजारौँले पछ्याउँछन् । हजुरआमा जिनाका असंख्य अर्धनग्न र नग्न तस्बिर इन्स्टाग्रामलगायत साइटमा व्यापक भएका छन् । संसारकै कामुक हजुरआमा बन्नु आफ्नो सपना कहिल्यै नभएको उनी बताउँछिन् । ‘मलाई संसारकै ‘हट’ हजुरआमाको लेबलप्रति कुनै मोह छैन,’ उनी भन्छिन्, ‘यो मेरो सपना पनि थिएन । तर, मलाई हजुरआमा भनेको साह्रै मन पर्छ। हजुरआमा सम्बोधन स्वस्थ र सुखी सन्तान हुर्काएबापत पुरस्कार हो । म आफूलाई ग्ल्यामरस महिला होइन, अनौठो रूपरंग भएकी महिला भन्न चाहन्छु ।’ 

आफू अहिले प्रेम सम्बन्धमा नभएको तर प्रेमीको खोजीमा रहेको हजुरआमा जिना बताउँछिन् । उनीसँग सम्बन्ध गाँस्न चाहनेका लागि उनी केही सुझाव पनि दिन्छिन् । ‘मलाई ठट्टा गर्न सिपालु मान्छे मन पर्छ,’ उनी भन्छिन्, ‘अझ अमेरिकी लवजमा बोल्ने मान्छेलाई म साह्रै मन पराउँछु ।’ 

इन्स्टाग्राममा उनले पोस्ट गरेको एउटा तस्बिरले हंगामा मच्चाएको थियो । कपालले स्तन छोपेको सर्वांग नग्न उनको तस्बिरलाई पछि इन्स्टाग्रामले नियम उल्लंघन भएको भन्दै हटाएको थियो। यस कदमको उनले कडा विरोध गरेकी थिइन् । त्यसपछि इन्स्टाग्रामले त्यो तस्बिर पुनः राखेको थियो । - सम्पूर्ण साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस