विश्व

अपरेसन क्याक्टस : जब माल्दिभ्स पुगेको थियो भारतीय सेना

मंगलबार, ०१ फागुन २०७४, १२ : ३०
अपरेसन क्याक्टस : जब माल्दिभ्स पुगेको थियो भारतीय सेना

माल्दिभ्सका राष्ट्रपति मौमुन अब्दुल गयुम ३ नोभेम्बर, १९८८ मा भारतको भ्रमण गर्ने योजनामा थिए । उनलाई लिनका लागि भारतीय विमान दिल्लाबाट माल्दिभ्सको राजधानी मालेका लागि उडेको थियो । विमान आकासमै थियो, त्यतिबेला नै भारतका प्रधानमन्त्री राजीव गान्धी अचानक चुनावको सिलसिलामा दिल्लीभन्दा बाहिर जानु पर्यो ।

राजवी गान्धीले गयुमसँग कुरा गरेर के निश्चित गरे भने उनी पछि कुनै समयमा फेरि भारत आउने छन् । तर गयुमकाविरुद्ध विद्रोहको योजना बनाउका माल्दिभ्सका व्यापारी अब्दुल्ला लुथुफी र उनका साथी सिक्का अहमद इस्माइल मानिकले विद्रोह स्थिगित नगर्ने निश्चय गरे ।

पहिलो, राष्ट्रपति गुयम मालेमा नभएको समयमा विद्रोहको सुरुवात गर्ने उनको योजना थियो । उनले श्रीलङ्काका चरमपन्थी सङ्गठन पिपुल्स लिबरेसन अर्गनाइजेसन अफ तमिल इलमका भाडाका लडाकुलाई पर्यटकको भेषमा स्पिड बोट्सबाट पहिला माले पुर्याए ।

त्यो समयमा माल्दिभ्सका लागि ए के बैनर्जी भारतका उच्च अयुक्त थिए । उनी पहिले नै गयुमको निर्धारित भारत भ्रमणको सिलसिलामा दिल्ली आएका थिए ।

भारतलाई सेना पठाउन अपिल
ए के बेनर्जी सम्झन्छन्, ‘म दिल्लीस्थित आफ्नै घरमा सुतेको थिएँ । बिहान करिब साढे छ बजे फोनको घण्टी बज्यो ।’
उनले अगाडि भने– ‘मालेबाट मेरा सचिवले भने, उनी विद्रोही भइसकेका छन् । सडकमा मानिसहरू गोली चलाउँदै यताउती घुमिरहेका छन् । राष्ट्रपति गयुम एउटा सुरक्षित घरमा लुकेका छन् र उनलाई बचाउन तुरुन्त सेना पठाउनु भनेर भारतसँग अपिल गरिरहेका छन् ।’


उता विदेश मन्त्रालयमा संयुक्त सचिव कुलदीप सहदेवलाई पनि मालेमा भएको भारतीय उच्च आयोगबाट फोन आयो । उनले तुरुन्त यसको सूचना प्रधानमन्त्री कार्यालयका संयुक्त सचिव रोनेन सेनलाई जानकारी गराए । उनलाई साउथ ब्लगमा हुने आर्मी अपरेसन रुममा हुन गइरहेको उच्च स्तरीय बैठकमा बोलाइयो, जसमा कलकत्ताबाट फिर्ता हुने बित्तिकै प्रधानमन्त्री राजीव गान्धी सहभागी हँुदै थिए ।

मिसन ओवरसिज : डेयरिङ अप्रेसन बाई द इन्डियन मिलिट्री
इन्डियन एक्सप्रेसका सहसम्पादक सुशान्त सिंहले आफ्नो पुस्तक मिसन ओवरसिज ः डेयरिङ अफरेसन्स बाई द इन्डियन मिलिट्रीमा लेख्छन् ‘राजीव गान्धी रोनेन सेन र कुलदीप सहदेवसँग मिलिट्री अपरेसन रुममा प्रवेश गरे । गृह उपमन्त्री पी चिदम्बरमले त्यहाँ नेसनल सिक्योरिटी गार्ड पठाउने प्रस्ताव गरे तर सेनाले त्यसलाई अस्वीकार गर्यो ।’

उनले अगाडि भने– ‘रअ’ प्रमुख आन्द स्वरूप वर्माले मालेको हुलुले एयरपोर्टमा सयौँ विद्रोहीले कब्जा गरेको भन्ने सूचना आएको छ । रोनेन सेनले उनलाई चुप बस्न भने । वास्तवमा मालेमा जे भइरहेको थियो त्यसको सत्य सूचना रोनेन सेनसँग थियो ।’

टेलिफोन क्रेडिलमा किन राखिएन ?
सुशान्त सिंह लेख्छन्– ‘माल्दिभ्सका विदेश सचिव जकीले आरसीआरमा सीधै फोन गरेका र त्यसलाई सेनले उठाएका थिए । जकीले उनलाई विद्रोहीहरूले घर अगाडिका टेलिफोन एक्सचेन्जमा कब्जा गरेका छन् भनेका थिए । सेनले उनलाई के सल्लाह दिए भने टेलिफोन नराख्नु, फोन राख्ने बित्तिकै टेलिफोन एक्सचेन्जको स्विच बोर्डको बत्ती बन्द हुनेछ । यसबाट विद्रोहीहरूले उनी कसैसँग टेलिफोन गरिरहेका छन् भन्ने थाह पाउने छन् । यो टेलिफोन १८ घण्टासम्म पूरा अभियान खतम नहँुदासम्म क्रेडिलमा राखिएन ।’

आगराको ५० प्यारा बिग्रेडका सैनिकलाई प्यारासुटद्वार मालेमा उतारिने कुरा बैठकमा पहिला नै निश्चित भयो । तर यस योजनामा एउटा समस्या थियो । उनी एक यस्तो ड्रपिङ जोनको खोजीमा थिए, जहाँ उनका प्यारासुट तितरबितर भए पनि समुन्द्रमा नभई जमिनमा रहुन् ।
ब्रिगेडियरले माल्दिभ्सको नामसम्म सुनेका थिएनन्

उनलाई सुरक्षित उत्रनका लागि १२ वटा फुटबलमैदान जतिको क्षेत्रको आवश्यकता थियो तर मालेमा यो सम्भव थिएन । के कुराको सम्भावना बढी थियो भने प्यारासुट सुमन्द्रमा खस्ने र यस्तो भएमा सेनाहरू तेज बहावको पानीमा आफ्नो प्यारासुट खोल्न नसक्ने र गह्रौ ढुङ्गाजस्तै समुन्द्रको सतहमा पुग्नेछन् ।

यसकारण यो योजना कार्यान्वयन नगर्ने फैसला भयो । बैठकमा सहभागी भएकाहरूलाई हुलहुले एयरपोर्टको लम्बाइ कति छ भन्ने पनि थाह थिएन । यद्यपि त्यो एयरपोर्ट भने भारतकै एउटा कम्पनीले बनाएको थियो ।

राजीव गान्धीले रोनेन सेनालाई मालेमा प्लेन उडाएका इन्डियन एयरलाइन्सका  पाइलटसँग सम्पर्क गर्नु भनी निर्देशन दिए ।

बैठकपछि उपसेनाध्यक्ष लेफ्टिनेन्ट जनरल रोडरिग्स्ले ब्रिगेडियर फारुक बुल बलसारालाई फोन गरेर प्याराड्रप्सलाई तयार रहन भने । बलसाराले योभन्दा पहिला माल्दिभ्सको नाम पनि सुनेका थिएनन् । उनको इन्टेलिजेन्स अफिसर लाइब्रेरीबाट एक एटलस लिएर आए । यसबाट उनलाई माल्दिभ्स १२ हजार द्विपहरूको एउटा समूह हो, जुन भारतको सुदूर दक्षिण किनाराबाट ७ सय किमि दक्षिण पश्चिममा पर्छ भन्ने थाह भयो  ।

पर्याप्त थिएन भारतीय सेनाको तयारी
बुलसाराले आफ्ना दुई अफिसरलाई आगराको पर्यटक केन्द्रमा पठाएर माल्दिभ्सका बारेमा सम्भव भएसम्म जानकारी जुटाउन लगाए । यसबीच ब्रिगेडियर बीपी मलिक (जो पछि सेनाध्यक्षसमेत बने) माल्दिभ्समा भारतीय उच्च आयुक्त ए के बेनर्जीलाई सैनिक विमानमा लिएर आगरा गए ।

ए के बेनजी भन्छन्– ‘जब म अपरेसन रुममा पुगँे त टेबलमा हुलहुल एयरपोर्टको सट्टा गान एयरपोर्टको नक्सा फैलिएको थियो । यो एयपोर्ट मालेबाट ३ सय किमि टाढा थियो । देख्ने बित्तिकै म कराएँ, यो गलत नक्सा हो । यति ठूलो अभियानका लागि भारतीय सेनाको तैयारी पर्याप्त छैन ।

सुशान्त सिंह भन्छन्– ‘बुलसाराको योजना हुलहुले एयरपोर्टमा त्यो समयसम्म विद्रोहीले कब्जा नगरेको भए विमानलाई त्यही ल्यान्ड गर्ने थियो । तर यदि यस्तो भएन भने उनी आफ्ना छाताधारी सेनालाई एयरपोर्टमाथि कब्जा गर्नका लागि तल उतार्ने छन् । बुलसाराले योजना बनाएका थिए,  यदि यस्तो हुन्छ भने उनी आफ्ना सेनासँग सबैभन्दा पहिला तल उत्रने छन् । बिग्रेडियर मलिकले भने किन हामी उच्च आयुक्त बेनर्जीलाई यस अभियानमा आफूसँगै लैजाऊँ, किनकि यिनलाई मालेको बारेमा पूरा जानकारी छ, जुन हाम्रा लागि काम लाग्ने छ ।’

बेनर्जीले माल्दिभ्स जानका लागि दुई शर्त राखे
बेनर्जीलाई यो कुरा भनेपछि उनी जान तयार भएनन् । बेनर्जी भन्छन्, ‘मैले साथै जानका लागि दुईवटा शर्त राखेँ । पहिलो तपार्इंले यसका लागि विदेश मन्त्रालयबाट अनुमति माग्नुपर्छ । दोस्रो, मलाई एक सेफ्टी रेजर उपलब्ध गराइयोस्, किनकि म सधँै दाढी नकाटी कुनै काम गदिनँ । पहिलो शर्त तुरुन्त पूरा भयो तर दोस्रो शर्त पूरा गर्न राति नै आर्मी क्यान्टिन खोल्न लगाइयो र मेरो लागि सेभिङ किट, टुथ ब्रस र तौलिया निकलियो ।’

विदेश मन्त्रालयका एक उच्च अधिकारी एउटा ठूलो सैनिक अभियानमा भारतीय सेनाको साथ भाग लिइरहेको यो पहिलो मौका थियो । जस्तै छाताधारी सेनाले भरिएको बिमानले आगराको खेरिया एयरपोर्टको रनवेमा गुड्न सुरु गर्यो, त्यसमा बसेका ६ प्याराका सेनाहरूले नारा लगाए ‘छाता माता कि जय ।’

विमान उड्ने बित्तिकै ब्रिगेडियर बुलसारा सुत्न गए । उनले आफ्नो प्यारा कमान्डोको सुरुवातका दिनमा नै कुनै पनि ठूलो अभियानभन्दा पहिला राम्ररी सुत्नुपर्छ भन्ने पाठ सिकेका थिए ।

भारतीय सैन्य अभियानको बीबीसीले गर्यो ब्रेकिङ
त्यो विमानमा भएका लेप्mिटनेन्ट जनरल विनोद भाटिया भन्छन्– ‘जब हामी भारतको सीमाभन्दा बाहिर निस्क्यौँ, हामीलाई ब्रिटिस एयरवेजको एउटा जहाजले देख्यो र हामी कहाँ गइरहेका छौँ भन्ने बारे जानकारी दिनु पर्यो । सायद यही कारण थियो, बीबीसीले आफ्नो सात बजेको बुलेटिनमा माल्दिभ्सका राष्ट्रिपतिलाई बचाउन भारतले सैनिक अभियान सुरु गर्यो भने समाचार प्रसारण गर्यो ।’

भारतीय विमान एयरपोर्टमा उत्रिएको बेला अँध्यारो थियो । आईएल ७६ विमानमा रोकिएको केही मिनेटमा नै १५० भारतीय सेना र कैयाँै कारहरू बाहिर आए । केही समयपछि अर्को विमान उत्रियो र उसले तुरुन्त एटीसी, जेटी र हवाई पट्टीको उत्तरी र दक्षिणी किनार नियन्त्रण गर्यो ।

एटीसीबाट ब्रिगेडियर बुलसाराले राष्ट्रपति गयुमसँग उनको गोप्य ठाउँमा रेडियोबाट सम्पर्क गरे ।

मिस्टर प्रेसिडेन्ट हामी पुगिसेक्यौँ
सुशान्त सिंह भन्छन्– ‘गयुमले बुलसारासँग भने, जति छिटो हुन्छ यहाँ आइपुग्नुहोस, किनकि विद्रोहीले उनको सेफ हाउसलाई घेरिराखेका छन् र उनी नजिकै फायरिङको आवाज सुनिरहेको छ । बुलसाराले भने मिस्टर प्रेसिडेन्ट हामी आइपुगिसक्यौँ र तपाईंलाई सुरक्षित निकाल्नका लागि पूरा जोड लगाउने छौँ ।’

भारतीय सेना सेफ हाउसको नजिक पुग्दा त्यहाँ जबरजस्ती गोलाबारी भइरहेको देखे । बुलसाराले राष्ट्रपति गयुमसँग आफ्नो सेफ हाउस बाहिर गार्डहरू तैनाथ गर्न भने । किनकि जब सेना त्यहाँ पुग्छन्, उनीहरूलाई सीधा राष्ट्रपति भएको ठाउँमा लैजाऊन् । तर माल्दिभ्सका नेसनल सिक्योरिटी सर्भिसका लेफ्टिनेन्टसम्म गयुमको सन्देश पुगेन ।

गयुमका सुरक्षा बलले भारतीय सैनिकलाई अगाडि बढ्न दिएनन् । बुलसारा गोली चलाउने आदेश दिन तयार थिए तर उनका गार्डले भारतीय सेनालाई अगाडि बढ्न दिए । भारतीय सेना राष्ट्रपति गयुम कहाँ पुग्दा बिहानको २ बजेर १० मिनेट गएको थियो । उनले राष्ट्रपतिसँग उनीहरूसँग हुलहुले एयरपोर्ट जान अनुरोध गरे तर उनले त्यहाँ जान मानेनन् । उनले नेसनल सेक्योरिटी सर्भिसको मुख्यालय लैजान जोड गरे  ।

गयुमले ४ बजे बिहान राजीव गान्धीसँग कुरा गरे
३ बजेर १५ मिनेटमा बुलसारा र ए के बेनर्जी एनएसएसको मुख्यालय पुगेपछि त्यो भवनको चारैतिर विद्रोहीका शव छरिएका थिए । भवनमा सयौँ गोलीका निशानाले विद्रोहीले सो भवन नियन्त्रण गर्न पूरा कोसिस गरेको बताउँथ्यो ।

बेनर्जीलाई सम्झना छ, ‘गयुम डराएका थिए तर उनी पूर्ण रूपमा नियन्त्रणमा थिए र हामीलाई देखेर धेरै खुशी भए । उनले हामीलाई धन्यवाद दिँदै राजीव गान्धीसँग कुरा गर्न चाहन्छु भने ।’

ठीक चार बजे बिहान सेटेलाइट फोनबाट राजीव गान्धीसँग सम्पर्क भयो । रोनने सेनलाई अहिले पनि सम्झना छ, गान्धी त्यो समयमा आफ्नो कम्युटर अगाडि बसेका थिए एक हातले टाइप गरिरहेका थिए, जस्तो उनी सधँै गर्थे । राष्ट्रपति गयुमसँग कुरा गरेपछि मात्र राजीव सुत्न गए ।

जब रोनेन सेन राजीवको अफिसबाट निस्कन थाले राजीवले उनीसँग भने–  रक्षा मन्त्रीलाई मेरोतर्फबाट यो सफल अभियानका लागि बधाइ दिनू । तर फेरि मुस्कुराएर भने, छोड्नुस् यो समयमा उनी सुतिराख्नु भएको होला ।’(बीबीसी)

प्रतिक्रिया दिनुहोस