उत्तर कोरियाका नेता किमले गरे दक्षिण कोरियाको प्रशंसा

मंगलबार, ०१ फागुन २०७४, ११ : ३३
उत्तर कोरियाका नेता किमले गरे दक्षिण कोरियाको प्रशंसा

उत्तर कोरियाका नेता किम जोङ–उनले दक्षिण कोरियाको प्रशंसा गरेका छन् । नेता किमले उत्तर कोरियालाई विन्टर (शीतकालीन) ओलम्पिकमा सहभागी हुने वातावरण बनाउनका लागि गरेको पहलको कदर गर्दै दक्षिण कोरियाको प्रशंसा गरेका हुन् ।

किमकी बहिनी किम यो–जोङको नेतृत्वमा दक्षिण कोरिया गएको आधिकारिक समूह उत्तर कोरिया फर्किएपछि नेता किमले दक्षिण कोरियाको प्रशंसा गरेका हुन् ।
नेता किमले उत्तर कोरियालाई विन्टर ओलम्पिकमा सहभागी गराउनका लागि उत्कृष्ट प्रयास गरेको भन्दै धन्यवाद दिएको सरकारी समाचार संस्था केसिएनएले जनाएको छ ।

विन्टर ओलम्पिक र त्यसको बहानामा भएको किमकी बहिनीसहितका उच्च अधिकारीको दक्षिण कोरिया भ्रमणले दुई कोरियाबिचको सम्बन्धमा न्यानोपन आएको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस