नेकपाले खाता खोल्यो : राष्ट्रिय सभामा प्रदेश २ बाट तुलसा दाहाल विजयी

सफल खबर संवाददाता

विहीबार, ०९ माघ २०७६, १७ : २४
नेकपाले खाता खोल्यो : राष्ट्रिय सभामा प्रदेश २ बाट तुलसा दाहाल विजयी

जनकपुर । राष्ट्रिय सभाको निर्वाचन परिणाम आउन थालेको छ । राष्ट्रिय सभाको प्रदेश २ को महिलातर्फ नेकपाकी तुलसा दाहालले खाता खोल्न सफल भएकी छन् । 

नेकपा राजपाकी संयुक्त उमेदवार तुलसाले बिहीबार भएको मतदानमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी नागिना यादवलाई हराएकी हुन् । 

तुलसाले  स्‍थानीय तहतर्फ १४० र प्रदेशतर्फ ५६ मत ल्याएकी छन् । उनको कुल मतभार ५२०८ छ । नागिनाले स्थानीयतर्फ १३० र प्रदेशतर्फ ५० मत ल्याएको छ ।

उनले कुल मतभार ४७४० रहेको छ । चार पदका लागि भएको मतदानमा नेकपा राजपाले संयुक्त उमेदवार बनाएका थिए । कांग्रेसले समाजवादी दलसँग गठबन्धन गरेको थियो । 
 

प्रतिक्रिया दिनुहोस