दामनको रिसोर्टमा अचेत भेटिएका आठ जना भारतीय पर्यटकको मृत्यु (नामावलीसहित)

सफल खबर संवाददाता

मंगलबार, ०७ माघ २०७६, १२ : ३१
दामनको रिसोर्टमा  अचेत भेटिएका आठ जना भारतीय पर्यटकको मृत्यु  (नामावलीसहित)

काठमाडौं । मकवानपुरको दामनमा रहेको एभरेष्ट पानोरोमा रिसोर्टमा बसेका ८ जना भारतीय पर्यटकको मृत्यु भएको छ । मृत्यु हुने पर्यटकको सनाखत हुन सकेको छैन । 

मंगलबार बिहान होटलमा बेहोस अवस्थामा भेटेपछि रिर्सोटका कर्मचारीले इलाका प्रहरी कार्यालय पालुङमा कर्मचारीले खबर गरेका थिए ।

४ पुरुष र ४ महिला भारतीय पर्यटकलाई कैलाश एयरको हेलिकोप्टरमार्फत उद्दार गरेर हेम्स अस्तपाल काठमाडौं पठाइएको थियो ।
हेम्स अस्तपालका अनुसार आकस्मिक कक्षमा उपचारका क्रममा सबैको मृत्यु भएको छ ।

महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी उमेश लम्सालले पनि अस्पताल स्रोतलाई उदृत गर्दै विदेशी पर्यटकको मृत्यु भइसकेको जानकारी दिए । 

प्रारम्भिक अनुसन्धानले कोठाको झ्याल, ढोका बन्द गरेर हिटर चलाएर सुतेका कारण निसास्सिएर मृत्यु भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ । 

नेपाल घुम्न भारतको केरलाबाट १५ जना भारतीय पर्यटक नेपाल आएका थिए, तीमध्ये आठ जना भारतीय एउटै कोठामा सुतेका थिए । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मृत्यु हुनेमा २ पुरुष, २ महिला र ४ बालबालिका रहेका छन् । मृत्यु हुनेमा वर्ष ३८ का रञ्जित कप, वर्ष ३४ का इन्द्र, वर्ष ३७ का प्रविन, वर्ष ३२ सरिया, वर्ष ५ अभी, वर्ष ७ अर्चना, वर्ष ५ वैष्णव, वर्ष ९ बन्द्रा  रहेका छन् । 

प्रतिक्रिया दिनुहोस