देउवालाई चुनौती दिन रामचन्द्र पौडेलले  खोले समानान्तर कार्यालय

व्यवसायी तथा काँग्रेस कार्यकर्ता राजेन्द्र बजगाईका भाई नवराज बजगाईको अनामनगरस्थित निवासमा पौडेलले खोले सम्पर्क कार्यालय

सफल खबर संवाददाता

मंगलबार, ०७ माघ २०७६, ०८ : ५२
देउवालाई चुनौती दिन रामचन्द्र पौडेलले  खोले समानान्तर कार्यालय

काठमाडौं । प्रतिपक्ष काँग्रेसको चौधौं महाधिवेशन ७ फागुन २०७७ बाट शुरु गर्ने गरी तय भएको छ । यो कार्यतालिका मंसिरमै सार्नुपर्ने लगायतका माग राखेका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष त्यसपछि काँग्रेस केन्द्रीय समिति बैठकमा सहभागी छैन ।

सभापति देउवाले पार्टीभित्र एकमनावादी सोच राखेर इतर पक्षलाई पेल्ने रणनीति लिएको, विधानमा भएको वैधानिक विभाग गठनलाई पन्छाउँदै कार्यकाल सकेर फेरि महाधिवेशनबाट पार्टी कब्जा गर्ने रणनीति अनुसार झण्डै दोब्वर संख्यामा विभाग गठन गरेर निकटलाई जिम्मेवारी दिन खोजेको जस्ता आरोप पौडेल पक्षले लगाएर पार्टी केन्द्रीय समिति बैठक बहिष्कार गरिरहेको छ । त्यसयता काँग्रेसभित्र सभापति देउवा र इतर समुहका बीचको सहमतिको खोजीका लागि शीर्ष तहमै सम्वाद जारी छ । तर निकास निस्कन सकेको छैन । 

आगामी महाधिवशेनवाट काँग्रेसको नेतृत्वमा को ? संस्थापन पक्षले आफुहरुको तफबाट सभापति देउवा नै एक्ला उम्मेदवार भएको प्रष्टाईसकेको छ । तर इतर पक्षबाट को ? ठेगान छैन । इतर पक्षमा एकै जना उम्मेदवार छैनन् । झण्डै आधा दर्जन नेता सभापतिको आकांक्षी छन् । १३ औं महाधिवशेनमा देउवासँगै पराजित वरिष्ठ नेता पौडेल देखि महामन्त्री डा शसांक कोइराला, कृष्णप्रसाद सिटौला, शेखर कोइराला, प्रकाशमान सिंह, रामशरण महतसम्मका नेताले सभापतिमा दाउ खोजिरहेका छन् ।

देउवासँगको १३ औं महाधिवशेनको हारको बदला लिने र अहिले देखि नै आफ्नो तयारी र प्रष्ट उम्मेदवारीको सन्देश दिन सके इतर पक्षको साझा उम्मेदवार आफु बन्न सक्ने ठानेर वरिष्ठ नेता पौडेलले आफनो महाधिवेशन लक्षित सम्र्पक कार्यालय खोल्न भ्याईसकेका छन् । उनले सोमबारबाट पहिले १३ औं महाशिवेशनमा देउवाले नै सम्पर्क कार्यालय खोलेकै स्थानमै अहिले आफनो चुनावी प्रचारका लागि सम्पर्क कार्यालय सञ्चालनमा ल्याएका छन् ।

पार्टी कार्यालय खास नजाने, तर सम्पर्क कार्यालय खोलेर गुटबन्दी गर्ने रणनीतिमा पौडेल लागिसकेका छन् । उनले सोमबारवाट केन्द्रीय कार्यालयकै समानान्तर रुपमा चहलपहल बढाउने गरी सम्पर्क कार्यालयबाट काम गर्नुपर्ने भन्दै कार्यालय खोलेका हुन् । तर कार्यालयलाई सिधै पौडेलको सम्पर्क कार्यालय या समानान्तर कार्यालयका रुपमा प्रचार भने गरिएको छैन ।

यो कार्यालयलाई अहिले पौडेलले सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको कार्यलयको रुपमा नाम दिएका छन् । उनले सोमबारवाटै त्यहाँबाट आप्mना गतिविधि अगाडी बढाउन शुरु गरिसकेको उनी निकट एक नेताले सफल खवर अनलाइनलाई बताए । पौडेलले खोलेको सम्पर्क  कार्यालय अनामनगरमा छ । यो ब्यवसायी तथा काँग्रेस कार्यकर्ता राजेन्द्र बजगाईका भाई नवराज वजगाईको घर हो । यही घरमा १३ औं महाविधेशनको चुनावी प्रचार तथा भेटघाटका लागि सभापति देउवाले सम्पर्क कार्यलय खोलेका थिए ।

प्रतिक्रिया दिनुहोस