निर्माणाधीन रंगशाला परिसरमा गोजुरियो कराँते हुने

सफल खबर संवाददाता

सोमबार, ०६ माघ २०७६, १८ : १५
निर्माणाधीन रंगशाला परिसरमा गोजुरियो कराँते हुने

चितवन । भरतपुर महानगरपालिकाभित्र धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण सुरु गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलमा दस दिनपछि तीन दिनसम्म गोजुरियो कराँते प्रतियोगिता हुने भएको छ । 

प्रतियोगिताको आयोजक संस्था जापान गोजुरियो कराँते डो केन्वाकाई नेपाल संघले सोमबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे जानकारी दिएको हो । इण्डो नेपाल कराँते च्याम्पियनसीप नाम दिइएको यस प्रतियोगितामा भारतबाट ५० जना र नेपालका सातै प्रदेशबाट तीन सय जना खेलाडीको सहभागिता रहने संघका चितवन शाखा संयोजक पुष्प आचार्यले जानकारी दिए ।

गोजुरियो कराँतेका प्रशिक्षक राजु पौडेलले सात वर्षदेखि ३५ वर्षसम्मका खेलाडीबीच विभिन्न तौल समूहमा व्यक्तिगत भिडन्त, व्यक्तिगत काँता र समूह काँतामा कूल ६४ वटा प्रतिस्पर्धा हुने जानकारी दिए । हरेक प्रतिस्पर्धाका विजेताले स्वर्ण पदक, दोस्रो हुनेले कास्य पदक र तेस्रो हुनेले रजत पदक पाउने छन् । टिम च्याम्पियनसीप अन्तर्गत पहिलो हुने डोजाङलाई ३० हजार, दोस्रो हुने डोजाङलाई २० हजार र तेस्रो हुने डोजाङलाई १० हजार रुपैयाँ पुरस्कार दिइने संघको चितवन शाखा अध्यक्ष उमाकान्त आचार्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस