देउवाले किन रोजे सत्य निरुपणमा डडेलधुराका भट्ट ?

सफल खबर संवाददाता

आइतबार, ०५ माघ २०७६, ०९ : २१
देउवाले किन रोजे सत्य निरुपणमा डडेलधुराका भट्ट ?

काठमाडौं । लामो समयको अलमलपछि अन्ततः सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगमा पदाधिकारी सिफारिस भएको छ । दुई आयोग मध्येपनि सत्य निरुपणको अध्यक्षका लागि प्रमुख दुई दलका शीर्ष नेताहरुका बीचमै रस्साकस्सी थिए । त्यसमा बाजी मारेका छन्, काँग्रेस सभापति शेरबहादुर देउवाले ।
 
उनको सिफारिसमा सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी)मा गणेशदत्त भट्ट अध्यक्षमा सिफारिस भएका छन् । पूर्व प्रधानन्यायधिस ओमप्रकाश मिश्रको संयोजकत्वमा सरकारले २०७५ चैत ११ गते आयोग पदाधिकारीका लागि सिफारिस समिति गठन गरेको थियो ।

आयोगले हिजो शनिबार सिफारिस गरी कानुन न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकाललाई नाम बुझाएको छ । यी नाममा बालुवाटारमा बसेको दुई दलका नेताहरुको बीचमा सहमति भएपछि मात्र सिफारिस समितिले बैठक राखेर कानुन मन्त्रीलाई नाम वुझाईएको हो ।
 
सत्य निरुपणमा देउवाले आफ्नै गृहजिल्ला डडेलधुराका गणेशदत्त भट्टलाई प्रस्ताव गरेपछि नेकपा र काँग्रेस छलफलमा सहमति पछि सिफारिस समितिले मन्त्रीलाई नाम बुझाइएको हो । टिआरसीमा देउवा र प्रचण्डलाई बढी चासो छ ।

तत्कालिन माओवादी विद्रोह दबाउने काममा देउवा राज्यको वागडोर सम्हालेर बसेका थिए । त्यसपछि उनलाई आयोग अध्यक्षमा आप्mना विश्वासिला मान्छे आवश्यक थियो । त्यही भएर उनले आफ्नै गृहजिल्लाका भट्टलाई आयोग अध्यक्षमा प्रस्ताव गरेका हुन् ।  भट्ट डडेलधुरामै एसएलसी सम्मका अध्ययन गरेपछि पछि कैलाली झरेर उच्च शिक्षा अध्ययन गरेका ब्यक्ति हुन् ।

नेपाल ल क्याम्पसमा ३१ वर्ष यता अध्यापन गराउदै आएका भट्ट अधिवक्ता हुन् । उनी सर्वाेच्च अदालतमा अभिवक्ताका रुपमा बहस गदै आईरहेका छन् । सम्वैधानिक कानुन र मानव अधिकारका जानकार भट्ट गृहजिल्ला डडेलधुराकै रहेका कारण पनि उनी देउवाका विश्वासपात्र हुन ।

आफ्नै गृहजिल्ला र त्यसमा पनि आफनै वैचारिक राजनीतिक आस्था रहेका काँग्रेसकै भट्टलाई आयोग अध्यक्ष बनाउँदा आफुलाई सहज हुने ठानी देउवाले भट्टको नाम प्रस्ताव गरेका हुन् । प्रचण्डले शुुरुमा नेपाल बारका पूर्व महासचिव रमण श्रेष्ठलाई अध्यक्ष बनाउन चाहेपनि प्रधानमन्त्री केपी ओली श्रेष्ठसँग असन्तुष्ट रहेपछि उनको नाममा सहमति बन्न सकेन ।

प्रचण्डले नेता खिमलाल देवकोटालाई अध्यक्ष बनाउन चाहेका थिए । तर देवकोटाले आफु पनि तत्कालिन माओवादी जनयुद्धका क्रममा प्रत्यक्ष संग्लन्न रहेको, त्यसबेलाको क्रान्तिकारी जनपरिषद्को केन्द्रीय सदस्य भई कानुन मामिलाको जिम्मेवारी लिएका कारण सत्य निरुपणमा जानु उचित नहुने भनेपछि प्रचण्ड पछि हटेका थिए ।

त्यसपछि यही दाउमा देउवाले आफना विश्वासपात्र भट्टलाई टिआरसीको अध्यक्ष बनाउन लािग परे । उनले आफु निकट ब्यक्तिलाई टिआरसी अध्यक्ष बनाउन प्रचण्डलाई पटक पटक आग्रह गरे । प्रचण्ड पनि देउवाको प्रस्तावमा सकारात्मक बनिदिएपछि अन्ततः देउवाले आफ्नै गृहजिल्लाका भट्टलाई सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष बनाउन शनिवार बालुवाटारमा भएको छलफलमा ओलीसम्मलाई सहमतिमा ल्याए । त्यसपछि मात्र भट्ट आयोग अध्यक्षमा सिफारिस भएको काँग्रेसका एक केन्द्रीय सदस्यले बताए । 


 

प्रतिक्रिया दिनुहोस