अनेरास्ववियूद्वारा ११ र १२ को पुरानो कोर्सका लागि मौका परिक्षाको माग

सफल खबर संवाददाता

बुधबार, ०१ माघ २०७६, १६ : ०९
अनेरास्ववियूद्वारा ११ र १२ को पुरानो कोर्सका लागि मौका परिक्षाको माग

काठमाडौं । सत्तारूढ नेकपा निकट अनेरास्ववियूले कक्षा  ११ र १२ को  पुरानो कोर्सको लागि एकपटक मौका परिक्षाको फारम खुलाउन माग गरेको छ । आज अनेरास्ववियूको केन्द्रीय टोलीले राष्ट्रिय परीक्षा वोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्याललाई ज्ञापनपत्र बुझाउंदै सो माग गरेको हो ।

मुलुक संघीय ढाँचामा गएपश्चात् आएको संरचनागत एवं कार्यक्षेत्राधिकारको बदलावको कारण पुरानो प्रणालीमा रहेर अनुत्तिर्ण रहेका विद्यार्थीहरु मारमा परेकाले एकपटकका लागि मौका परिक्षाको माग गरिएको अनेरास्ववियूका नेता पवन कार्कीले बताए ।

आज बुझाइएको ज्ञापनपत्रमा भनिएको छ– 'मौका परिक्षाको व्यवस्थाले विद्यार्थीहरुमा नयाँ अवसर र सम्भावनाको ढोका समेत खोलिने भएकोले एकपटकका लागि तत्काल मौका परीक्षा फारम खुलाउन राष्ट्रिय परीक्षा वोर्ड समक्ष जोडदार माग गर्दछौं ।’

राष्ट्रिय परीक्षा वोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले अन्तिम पटकका लागि मौका परिक्षाको फारम खोल्न वोर्ड सकारात्मक रहेको नेता कार्कीले जनाए ।

प्रतिक्रिया दिनुहोस