काठमाडौं । पर्दा पछाडी जे सुकै कुरा गरेपनि सम्मुखमा हुँदा मान्छेले कसरी काँचुली फेर्छ भन्ने कुरा काँग्रेसभित्र देखा परेको छ । शक्तिका अगाडी मान्छे कतिसम्म लत्राकलुत्रुक्क हुन्छन भन्ने उदाहरण अहिले काँग्रेसका जिल्ला सभापतिहरुलाई हेरे पुग्छ ।
सभापति शेरबहादुर देउवाको एकलौटी निर्णय भन्दै उनीविरुद्ध मोर्चा कस्न रामचन्द्र पौडेल र सिटौला पक्षले पार्टी मुख्यालय सानेपामै तीन दिनसम्म जिल्ला सभापतिको भेला गरे । आफु निकट जिल्ला सभापतिलाई भेलामा बोलाएर उनीहरुले सभापति देउवा र उनको कार्य शैलीप्रति चर्काे असन्तुष्टि पोखेका थिए ।
‘यसरी पार्टी चल्छ, पार्टी सभापतिको यो हुकमीशैली भयो, अरुले अधिनायकवाद लाद्न खोजे भन्ने आफैंले पार्टीभित्र लादेको नदेख्ने ? यसरी पार्टी चल्छ ? चल्दैन् । अब हामीले पाता कस्नुपर्छ सभापतिको’ जिल्ला सभापतिहरुको अगुवाई गर्न सधै माहिर मानिएका नुवाकोट काँग्रेस सभापति जगदिशनरसिंह केसी सानेपा काँग्रेस सभापतिहरुको भेलामा बोल्दै थिए ।
काँग्रेस नेता अर्जुननरसिंह केसीका सहोदर भाई जगदिशनरसिंह केसी अरु जिल्ला सभापति भन्दा अलि कडा देखिएका थिए । उनको स्वभाव पनि हो । तर तिनै केसी बिहिवार काँग्रेस सभापति देउवाका अगाडी भने लत्र्याक लुत्रुक परेर प्रस्तुत भएको सहभागी एक जिल्ला सभापतिले बताए । पौडेल सिटौलाको निम्तोमा काठमाडौंमा आएका सभापतिहरुलाई सभापति देउवाले हिजो बिहिवार आफ्नै निवासमा लन्च मिटिङ राखेका थिए ।
‘केही कुरा म पहिले राख्छु, त्यसपछि तपाईहरुका कुरा सुन्छु ’ भन्दै देउवाले शुरुमै आफुलाई जिल्ला सभापति भेलामा किन नबोलाएको ? बोलाएको भए म पनि आउथे नी भन्दै कुरा राखेका थिए । देउवाले पार्टी महाधिवेशन बाहेक अन्य विषयमा आफु निर्णय सच्चाउन तयार रहेको तर त्यसका लागि वरिष्ठ नेता पौडेल पक्ष सहमतीमा आउन तयार हुनुपर्ने बताएका थिए ।
त्यसपछि सानेपा भेलामा चर्का भाषण गरेका नेताहरु एकाएक गल्न थाले । ‘सभापतिको कुरा सन्दा यो ठीक, उताका कुरा सुन्दा उतैका ठिक भन्ने जस्तो मात्र भयो, मिलेर जानुको विकल्प छैन, मिलौं सभापति जी ? सहभागी एक जिल्ला सभापतिले भने । प्रत्युत्तरमा देउवाले भने– मैले कँहा नमिल्यौं भनेको छु र छलफल गर्न, पार्टी बैठकमा उहाँहरु (पौडेल पक्ष) आउनु प¥यो नी ।
जग हसाएर मात्र हुन्छ ? देउवाको जवाफ पछि नुवाकोट काँग्रेस सभापति गलेर देउवाका अगाडी लत्रयाकलुत्रुकै परेका थिए । ‘सभापतिका कुरा ठीक छन् । राम्रो छ । सकारात्मक हुदैछ भने आवेशमा कोही पनि आउनुहुन्न ।
मिल्ने कुरा नै हुंदा राम्रो,’ जगदिश नरसिंह केसीले भने । केसीको सानेपामा भाषण सुनेका र बुढानिलकण्ठको प्रस्तुती देखेका एक जिल्ला सभापतिले भने,–‘पावरका अगाडी कसैका केही नलाग्ने रहेछ भन्ने छर्लंगै, नुवाकोट सभापतिले बोल्दा सबै देखियो । उहाँ त लुत्रुक्कै पर्नुभयो ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ पुस २०७६, ०९ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसले बोलायो संसदीय दलको बैठक
नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न कांग्रेसले लगायो ह्विप
आफू कुनै पनि किसिमको आतंकवादको विरुद्धमा रहेको काँग्रेसको स्पष्टीकरण
बुढानीलकण्ठमा कांग्रेस पदाधिकारी बैठक
कांग्रेस पदाधिकारी बैठक बस्दै
काँग्रेसले नेपाली जनसम्पर्क समितिलाई थप देशमा विस्तार गर्ने