काठमाडौँ । पूर्वस्वास्थ्यमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले ल्याएको सूचना प्रविधि विधेयकको विरोध गरिरहेका नेकपाका नेता भीम रावल र रामकुमारी झाँक्री पनि सरकारको निसानामा रहेको बताएका छन् ।
विधेयकको विरोधमा नेविसंघले बिहीबार माइतीघर मण्डलमा आयोजना गरेको कार्यक्रममा थापाले भने, ‘यो विधेयक बन्यो भने हामी मात्रै होइन भीम रावल, रामकुमारी झाँक्री पनि थुनिन्छन् ।’ सरकारले संसदमा ल्याएको विधेयक भनेको जनताको लागि नभएको उनको टिप्पणी छ । थापाले सदनलाई सरकारले पहिलेदेखि नै थुरथुर बनाएर राखेको आरोप पनि लगाए ।
मन्त्री बाँस्कोटाले विधेयक नपढी बोलेको प्रतिक्रिया दिएको उल्लेख गर्दै थापाले थपे, ‘माननीय मन्त्रीजीले भन्नुभएछ यो विधेयक नपढी आयो । प्रत्येक दफा, शब्दशब्दमा छलफल गर्ने हो ? तयार छु। नपढी आयो भनेर हेप्नी हामीलाई ?’
सूचना प्रविधि विधेयकमा समेटिकै कुरा फौजदारी कानुनमा रहेको पनि उनले बताए। लेख्न/बोल्न पाउने हक सरकार समर्थितलाई मात्रै दिन खोजिएको पनि उनले दाबी गरे । पाँच वर्ष जेल र जरिवाना लाग्छ भन्ने डरले नागरिक तर्सने पनि उनले बताए ।
विधेयकले व्यक्तिको अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गरेर दण्डित गर्ने व्यवस्था गरेको भन्दै विरोध भएको हो । विधेयकमार्फत सरकारले समाजिक सञ्जालमा पनि अंकुश लगाउन खोजेको भन्दै विभिन्न क्षेत्रबाट विरोध भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ पुस २०७६, १७ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘क्रियाशील सदस्यता अद्यावधिक नगर्नेहरूलाई पार्टीका रूपमा चिन्दैन’: गगन थापा
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
रास्वपा महाधिवेशन सफलताको कामना गर्दै गगन थापाले दिए यस्तो शुभकामना
कर नीति र बजेटले मध्यम वर्गलाई थप मारमा पार्यो : गगन थापा
प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा
‘नागरिकको सर्वोच्चता काँग्रेसको पहिलो प्राथमिकता हो’: गगन थापा