धार्मिक सहिष्णुताका लागि देवघाट–लुम्बिनी साईकल यात्रा

उर्गेन तामाङ

सोमबार, २१ पुस २०७६, १७ : ०१
धार्मिक सहिष्णुताका लागि देवघाट–लुम्बिनी साईकल यात्रा

चितवन । चितवनका एक दम्पतीले धार्मिक सहिष्णुताका लागि देवघाटदेखि लुम्बिनीसम्मको साईकल यात्रा गर्ने भएका छन् । भरतपुर महानगरपालिका १ पोखरा वसपार्कका रुक्मीणी सापकोटा घिमिरे र केशव घिमिरेले भोलीदेखि ३ दिने साईकल यात्रा गर्ने भएका हुन् । 

धार्मिक पर्यटकियस्थल देवघाटको मन्दिरमा पुजा गरी भोली यात्रामा निस्कने साईकल यात्री रुक्मीणीले बताईन । उनका अनुसार देवघाटबाट भरतपुर २ लिलाचोकमा रहेको मस्जितमा आएर त्यहाँबाट लुम्बिनी यात्रामा निस्कने छन् । 

नेपाल भ्रमण वर्ष २०२० र धार्मिक सहिष्णुता तथा पर्यावरणका लागि साईकल यात्रामा निस्कन लागेको रुक्मीणीले बताईन । २४ गते लुम्बीनी पुगेर नारायणगढ फर्किएपछि यात्रा टुंगिने छ । 

१० वर्ष पहिलेदेखि साईकल यात्रा गर्दै आएका दम्पत्तिले यसअघि मुक्तिनाथ, वेनी, वन्दीपुर, काठमाण्डौ, सिन्धुली लगायतका स्थामा पुगीसकेका छन भने चितवनको पर्यटकिय क्षेत्र सिराईचुली, उपरदाङगढी लगायतका स्थानमा पनि साईकल यात्रा गरीसकेका छन् । 

पर्यटन प्रवद्र्धनसँगै स्वास्थ्यका लागि र पर्यावरणका लागि पनि साईकल यात्रा महत्वपुर्ण रहने उनिहरुको भनाई छ । विभिन्न जिल्लाको यात्रा गरीसकेका दम्पत्तिले कुनै कार्यक्रममा निमन्त्रणा आए आयोजकले खर्चको व्यवस्था गर्ने गरे पनि धेरैजसो खर्च आफै गर्ने गरेको बताए । 

प्रतिक्रिया दिनुहोस