नयाँ वर्षमा जन्मिए १५ सय शिशु

पत्रपत्रिकाबाट

विहीबार, १७ पुस २०७६, ०८ : ०९
नयाँ वर्षमा जन्मिए १५ सय शिशु

काठमाडौं । अंग्रेजी नयाँ वर्षको पहिलो दिन बुधबार नेपालमा १ हजार ५ सय ६७ शिशु जन्मिएको अनुमान छ । उक्त संख्या विश्वभरिमा बुधबार जन्मिएका बालबालिकाको ०.४ प्रतिशत हो ।

युनिसेफले विश्वभरमा अंग्रेजी नयाँ वर्षको पहिलो दिन ३ लाख ९२ हजार ७८ जना बालबालिका जन्मिएको अनुमान गरेको छ । युनिसेफले बुधबार विश्वभरमा सबभन्दा बढी शिशु भारतमा (६७ हजार ३ सय ८५) जन्मिएको अनुमान गरेको छ ।

यसपछि चीनमा ४६ हजार २ सय ९९, नाइजेरियामा २६ हजार ३९, पाकिस्तानमा १६ हजार ७ सय ८७, इन्डोनेसियामा १३ हजार २० र अमेरिकामा १० हजार ४ सय ५२ जन्मिएको अनुमान छ । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस