देवघाटमा ४० जना वृद्धवृद्धाहरुलाई भोजनसहित न्यानो कपडा वितरण

सफल खबर संवाददाता

बुधबार, १६ पुस २०७६, १८ : ५०
देवघाटमा ४० जना वृद्धवृद्धाहरुलाई भोजनसहित न्यानो कपडा वितरण

तनहुँ । देवघाट गाउँपालिका  वडा नम्बर ५ मा रहेको देवघाट वृद्धा आश्रमका ४० जना वृद्धवृद्धाहरुलाई भोजनसहित जाडोमा लगाउने न्यानो कपडा वितरण गरिएको छ ।

साउदी अरव दमाम स्थित नेस्मा ग्रुप कम्पनीमा कार्यरत नेपाली समाजले स्थापन गरेको नेस्मा पार्टनर्स स्वावी ग्रुप र नेस्मा ट्रेडिङ्ग नेपाली समाजले ६० हजार बराबरको वृद्धवृद्धाहरुलाई भोजन सहित न्यानो कपडा  वितरण गरेको हो ।  

कार्यक्रमको प्रमुख अतिथि देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेल र नेस्मा पार्टनर्स स्वावी ग्रुप र नेस्मा ट्रेडिङ्ग नेपाली समाजका सल्लाहकार प्रेम बहादुर सिञ्जालीमगरको हातबाट संयुक्त रुपमा सामग्री वितरण गरिएको थियो ।

कार्यक्रममा अध्यक्ष पौडेलले देवघाटको धार्मिक स्थानमा आइ  देवघाट आश्रममा रहेका वृद्धवृद्धाहरुलाई जाडो बढिरहेको अवस्था भोजनसहित न्यानो सुईटर र ज्याकेट वितरण  कार्यप्रति खुशी व्यक्त गर्दै संंस्थालाई धन्यवाद समेत दिनुभयो ।

कार्यक्रममा नेस्मा पार्टनर्स स्वावी ग्रुप र नेस्मा ट्रेडिङ्ग नेपाली समाजका सल्लाहकार प्रेम बहादुर सिञ्जालीमगरले नेपालकै धार्मिक स्थान भनेर देश तथा बिदेशमा परिचीत देवघाटधाममा रहेको यस  देवघाट आश्रमका वृद्धवृद्धाहरुलाई यसरी जाडो मौसम चिसो  बढी रहेको अवस्थामा केही हदसम्म भए पनि जाडो छेक्न मद्दत पुग्छ कि भन्ने आशयले सानो सहयोग गर्न पाउँदा आँफू ज्यादै खुशी भएको बताउँदै आगामी दिनहरुमा पनि संस्थाले गर्न सक्ने सहयोग गर्ने  बताउनु भयो ।

कार्यक्रममा बोल्दै सिञ्जालीमगरले यस संस्थाले नेपालको विभिन्न स्थानहरूमा आर्थिक अवस्था कम्जोर  समुदाय, विद्यालयका विद्यार्थीहरु र प्रकृतिक  प्रकोपमा परेका स्थानहरुमा पनि पुगेर सहयोग गर्ने गरेको स्मरण गर्नुभयो ।

कार्यक्रममा नेपाल मगर संघ देवघाटका अध्यक्ष तेज बहादुर थापामगर र देवघाट क्षेत्र विकास समितिका सदस्य किरण सुवेदी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस