काठमाडौँ । नेपाली काँग्रेसले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई अवरुद्ध गर्ने प्रयास भएको टिप्पणी गरेको छ ।
काँग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले मंगलबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै एमसीसीले देशको विकासमा महत्वपूर्ण योगदान दिने दावी गरे ।
उनले काँग्रेस नेतृत्वको सरकारको पालामा एमसीसी सम्झौता भएको उल्लेख गर्दै त्यसलाई तत्काल संसदमा पेस गर्न समेत माग गरे ।
‘काँग्रेस नेतृत्वको सरकारका पालामा हालसम्मकै सबै भन्दा ठूलो अनुदान सहयोगको अमेरिकी सरकारसँग भएको सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई यो या त्यो बाहानामा अवरुद्ध गर्न खोजिएको विषयलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ’ प्रवक्ता शर्माले भने, ‘देशको विकासका लागि महत्वपूर्ण योगदान पु¥याउने सो सम्झौता तत्काल संसदमा पेश गर्न नेपाली कांग्रेस सरकार समक्ष माग गर्दछ ।’
काँग्रेसले जननेता वीपी कोइरालाले राष्ट्रिय एकता र मेलमिलापको नीति प्रतिपादन गरेको पुस १६ गतेको पूर्व सन्ध्यामा पार्टीको घरेलु जीवनको एकतामा जोड दिएको छ । पार्टीभित्र पछिल्लो समय विवाद चुलिएको बेला काँग्रेसले आन्तरिक एकतामा जोड दिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ पुस २०७६, १७ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संघीयताको सबैभन्दा ठूलो समस्या प्रदेश होइन, संघ होः गगन थापा
कांग्रेसमा शुद्धीकरण, आत्मसमीक्षा र आत्मविश्वास आवश्यक छ : महामन्त्री थापा
कांग्रेस मधेस प्रदेशले वीरगन्जमा दुई दिन प्रशिक्षण कार्यक्रम गर्ने
संसद्को गतिरोधबारे कांग्रेस-रास्वपा छलफल
संविधानको घेरा गैरसंवैधानिक तरिकाबाट तोड्न खोज्नु अनुचित : नेपाली कांग्रेस
गृहमन्त्रीको राजीनामा आउँदैन, छानबिन समिति पनि बन्दैन: कांग्रेस