काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल बीचको अन्तरकलह छरपष्ट भएको छ । पौडेल पक्षको बहिष्कारका बीच सभापति देउवाले आफु नेतृत्वको केन्द्रीय कार्यसमितिको म्याद एक वर्ष थप गरेका छन् ।विभाग केही थपेका छन्, तरुण दलको म्याद थप गर्नेसम्मका काम गरेका छन् । पौडेल र देउवा बीचको विवाद मिलाउन नेताहरुले गरेको पटक पटकको वार्ता असफल भएपछि सभापति देउवाले पेलेरै जाने नीति पार्टीमा बनाएका हुन् ।
उनले शुक्रवार केन्द्रीय समितिको बैठक राखेर धमाधम पार्टी निर्णय गराएका हुन् । उनको यो कदम पछि पार्टीमा तेश्रो धारका रुपमा रहेका कृष्ण प्रसाद सिटौलालाई पौडेल नजिक पु¥याएको छ । पौडेल पक्षले सभापतिले पार्टीभित्र संस्थागत गुटबन्दी शुरु गरेको र त्यो पार्टी निर्णय भन्दा पनि आफनो उम्मेदवारी घोषणा गरेको रुपमा अथ्र्याएको छ ।
यसले काँग्रेसभित्रको किचलो थप बल्झिने देखिएको छ । देउवाले पार्टी बैठकमा पौडेल पक्षको बहिष्कारका बावजुद निर्णय गरेर अगाडी बढेपछि संस्थापनइतर पक्षहरु पनि एक जुट भएर प्रतिवादमा उत्रने निर्णणमा पुगेका छन् । शनिबार काँग्रेस महामन्त्री डा. शसांक कोइराला निवासमा वसेको सस्थापन इतर नेताहरुको वैठकले संस्थापनका विरुद्ध पार्टीभित्र सवै पक्षलाई एकतावद्ध वनाएर लैजाने निश्र्कष निकालेको छ ।
सभापतिको निर्णय विरुद्ध पौडेल पक्षले जिल्ला सभापति, क्षेत्रिय सभापति र भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधीसंग छलफल गरेर अगाडी बढने निर्णय पनि लिएको छ । पौडेल पक्षले यस अगाडी पनि देउवाले पेलेर जाने नीति बनाए जिल्ला सभापतिहरुको भेला राखेर छलफल गरेर जाने बताउदै आएका थिए ।
एकातिर महाधिवशेनको मिति घोषणा गर्ने र अर्काेतिर विधानमा ब्यवस्था नै नभएका विधागहरु गठन गरेर आफना मान्छे भर्ती गर्न खोजेको पौडेल पक्षको आपत्ति छ । देउवा पक्षले भने पौडेल पक्षको सबै माग पूरा गरिदिएकोले विरोध गरिरहनुको अर्थ नहुने बताएको छ । विभाग गठनमा देउवा पक्षले एकपटक रामचन्द्र पौडेल पक्षसंग विभागमा राख्ने नाम माग गर्ने र नदिएमा पौडेल पक्षका नेताहरुलाई समेत समेटेर घोषणा गरेर जाने तयारीमा देउवा लागेको बताएका छन् ।
पौडेल पक्षले भने पार्टी सरकार र नेकपाका विरुद्ध जाइलाग्नु पर्नेमा सभापति आफ्नै पार्टी नेताहरुमाथी जाइलाग्न थालेको वताएको छ । यसका विरुद्द केही समय पछि नै जिल्ला सभापति, क्षेत्रिय सभापति हुदै तल्लो तहमा आफना कुरा लिएर जाने योजना पौडेल पक्षले बनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ पुस २०७६, ०९ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्रियाशील सदस्यता वितरणका लागि काँग्रेसले खटायो ७७ जिल्लामा प्रतिनिधि (सूचीसहित)
काँग्रेसको क्रियाशील सदस्यता सम्बन्धी फेरि नयाँ तालिका सार्वजनिक
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?