चितवन । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन हात्ती महोत्सव सिंगो नेपालकै चिनारी रहेको बताउनुभयो । आज हात्ती महोत्सवको उद्घाटन गर्दै प्रचण्डले हात्ती महोत्सवले चितवनसँगै नेपाललाई नै विश्वमा चिनाउन सफल रहेको बताउनुभयो ।
पूर्वप्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले मुलुकको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याइरहेको हात्ती महोत्सवलाई धराशायी बनाउने खेल भइरहेकाले सचेत बन्न सबैलाई आग्रह गर्नुभएको छ । केही पशु अधिकारकर्मीहरुले हात्तीलाई दुःख दिएको लगायतका विषयमात्रै देखाएर सयौँ गुणा राम्रा र फाइदाका कुरालाई ओझेल पार्न खोजेको प्रचण्डको भनाइ छ ।
हरेक वर्ष आयोजना हुने हात्ती महोत्सवले पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग मिलेको उहाँको भनाइ थियो । पर्यटकीय उद्योग विकासका लागि सम्भावनायुक्त देश नेपाललाई विश्वमा चिनाउन थप सवै एकजुट भएर लाग्नुपर्नेमा प्रचण्डले जोड दिनुभयो ।
‘केही बुझक्कडहरुले मानव र वन्यजन्तुबीचको सबन्धलाई लिएर प्रश्न उठाएका छन, सदियौँदेखिको सम्बन्धलाई नजरअन्दाज गर्दै पर्यटन क्षेत्रलाई कमजोर बनाउन खोजिरहेका छन्’ उहाँले भन्नुभयो, ‘केही देशीविदेशीहरुको पनि सहभागिता देखिन्छ, हामी सबै सचेत बन्नुपर्छ ।’ पर्यटन प्रवद्र्धनमा पुराना ऐननियम पनि बाधक रहेको उहाँले बताउनुभयो । अध्यक्ष प्रचण्डले २०२९ सालको ऐनले वन, वन्यजन्तु र मानव सबैलाई सम्बोधन नगरेकाले संशोधन गर्ने प्रक्रिया सुरु भएको बताउनुभयो ।
उहाँले भ्रमण वर्ष २०२० को प्रचारप्रसार यसअघिको भन्दा राम्रो भएकाले सफल हुने विश्वास व्यक्त गर्नुभएको छ । आन्तरिक तथा बाह्य पर्यटन भित्र्याउन प्रचारप्रसार सँगै पर्यटकीय पूर्वधारहरु अझ धेरै निर्माण गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले जति विकास गरे पनि झन्झन् बढ्दै जाने उद्योग भनेको पर्यटन उद्योग भएकाले हामी सबै मिलेर नेपाललाई पर्यटनको परिचय दिलाउनुपर्नेमा जोड दिनुभयो ।
यस्तै पूर्वअर्थमन्त्री एवंम सांसद सुरेन्द्र पाण्डेले पशुअधिकारको नाममा मुलुकलाई नै बदनाम गराउन खोजेको आरोप लगाउनुभयो । उहाँले अन्य विभिन्न देशमा वन्यजन्तुसम्बन्धी खेल खेलिँदा केही नहुने नेपालमा हात्ती महोत्सवमा खेलिने खेललाई लिएर अनेक टिप्पणी आउनु दुःखद भएको बताउनुभयो ।
पर्यटकलाई आकर्षित गर्न व्यवसायीदेखि सबैले आप्mनै विशेष क्रियाकलाप गर्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा सांसद कृष्णभक्त पोख्रेल, प्रदेश सांसद, विभिन्न राजनीतिक दलका प्रमुखलगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० पुस २०७६, १७ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वामपन्थी शक्तिहरू एकता र ध्रुवीकरणको अभियानमा लामवद्ध हौं : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्रीको उपस्थितिमा १६औँ योजनाका विषयमा छलफल
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि आवश्यक बजेट उपलब्ध हुन्छ: प्रधानमन्त्री प्रचण्ड
भरतपुर आधुनिक सहरका रूपमा विकास भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड
बालुवाटारमा प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता
सोच विचार गरेर नै नयाँ गठबन्धन बनाइएको हो : प्रधानमन्त्री प्रचण्ड