जनताको अभिमतबाट देशमा राजनितिक स्थायित्व आएकोले सबै मिलेर जोगाऔं: अध्यक्ष प्रचण्ड

सफल खबर संवाददाता

बुधबार, ०९ पुस २०७६, १९ : ५०
जनताको अभिमतबाट देशमा राजनितिक स्थायित्व आएकोले सबै मिलेर जोगाऔं: अध्यक्ष प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले झण्डै सात वर्ष पछि देशमा राजनैतिक स्थिरता कायम भएको यसलाई जोगाउन सबै एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ । 

चितवनको पर्यटकिय नगरी टाडीमा आज नेपाल जेसिजको ४६ औं महाधिवेशनको उदघाटन गर्दै अध्यक्ष प्रचण्डले राजनितिक सहमती र प्रमुख दलका नेतृत्वबाट भएकाले यो बिग्रन नदिन सबैलाई सचेत रहन आग्रह गर्नुभयो । राजनितिक शक्ति मिलेकै कारण र जनताको अभिमतबाट देशमा राजनितिक स्थायित्व आएको बताउदैं उहांले त्यसका लागि लामो त्याग, तपस्या गरेकाले  यसलाई जोगाउन सबैको दायित्व भएको उल्लेख गर्नुभयो । 

‘हाम्रा छिमेकी दुई देश अन्र्तराष्ट्रिय शक्ति बन्दै गईरहेकाले त्यो इन्टेष्टबाट पनि मुलुक भित्र केही कुनै काम हुन सक्छ’–उहांले भन्नुभयो–‘त्यही भएर विवेक पु¥याएर सबैले भौगोलिक अखण्डता जोगाउन ध्यान दिन जरुरी छ ।’ नेपाल सानो देश भनिएपनि यो भन्दा पनि धेरै साना देशहरु रहेको बताउदैं उहांले साना भएपनि नेपाल राजनितिक स्थायित्वसँगै विकास निर्माणमा धेरै अगाडी रहेको बताउनुभयो । उहांले नेपालले प्राप्त गरेको शान्ति प्रक्रिया, शान्ति सम्झौता, लोकतान्त्रिक संविधान र अहिले भईरहेको विकासले अन्र्तराष्ट्रिय क्षेत्रमै धेरैको ध्यान पुगेको उल्लेख गर्नुभयो ।

अहिले म कसरी यो स्थानमा र भुमिकामा आए सम्झना गर्दै उहाँले त्यतिबेला आफुले युवाहरुको नेतृत्व गरेको सम्झना गर्नुभयो । उहांले कुनै बेला आफुपनि युवाहरुको संस्थापक अध्यक्ष नै भएर काम गरेको छु, यो स्थान सम्म आईपुग्न पनि युवाकालमा सिकेका धेरै चिजले मलाई मद्यत पुगेको छ भन्दै यो हाईपोथेटिकल लाग्न सक्छ, तर त्यस्तो नभएको जिकिर गर्नुभयो । 

जेसिजका युवाहरुलाई लक्षित गर्दै उहांले संसार तपाईको हो र हाम्रो पनि हो । त्यसमा पनि मुख्य गरेर युवाहरुको हो । त्यसैले उदाउदो सूर्य जस्ता युवाहरु रहेको अनुशासनमा रही सभ्य समाज बनाउने संकल्पका साथ अगाडी बढ्न आग्रह गर्नुभयो । जेसिजको ३ वटा महाधिवेशनमा सहभागी भएको बताउदैं उहाँले युवाहरुको व्यक्तित्व र नेतृत्वमा जेसिजको महत्वपुर्ण भुमिका भएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस