काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी हिजो दिनभर नेकपा नेताहरुसँग भेटघाटमा ब्यस्त रहिन् । राष्ट्रिय राजनीतिमा उनले हैसियत बढाउन खोजेको र ओली पछिको उत्तराधिकारीमा सत्तारुढ नेकपाभित्र भण्डारी आफै कार्यकारीमा आउने विश्लेषक सौरभले सार्वजनिक टिप्पणी नै गरिसकेका छन् ।
त्यही बेला राष्ट्रपतिको एकाएक बढेको सक्रियताले नेकपाभित्र भने हलचल ल्याउन थालेको छ । उनले शनिवार बिहान नेकपामा प्रभाव राख्न सक्ने स्थायी समितिका झण्डै एक दर्जन नेतालाई आफनो निवासमा बोलाएर झण्डै तीन घण्टा लन्च सहित कुरा गरेकी छिन् ।
बिहान उनले नेकपा स्थायी समिति सदस्यहरु वर्षमान पुन, जर्नादन शर्मा, देव गुरुङ, शक्तिः बस्नेत, शंकर पोखरेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल, सुरेन्द्र पाण्डे, देवेन्द्र पौडेल लगायत नेताहरुसँग लन्च मिटिङ गरेकी थिइन् । त्यो बैठकमा स्थायी समिति सदस्य नभएपनि राष्ट्रिय सभामा आफुले सरकारको तर्फवाट सिफारिस गरेकी र पद सकिनै लागेका अर्थमन्त्री युवराज खतिवडा पनि सहभागी थिए ।
बिहान ११ वजेको पार्टी स्थायी समिति बैठक समेत एक घण्टा छोडेर उनीहरु राष्ट्रपतिको लन्च खाएर मात्र पार्टी बैठकमा पुग्दा धुम्बाराहीमा भने नेताहरुको खोजीका लागि हंगामा भईसकेको थियो । यस अगाडी पनि नेकपाको ४ मंसिरमा दुई अध्यक्षको कार्यविभाजनको निर्णय पूर्व दुवै अध्यक्ष राष्ट्रपति निवास पुगेर छलफल गरेको विषय पनि विवादमा आईरहेका बेला उनले किन नेकपाका एक दर्जन प्रभवशाली नेतालाई बोलाएर लन्च मिटिङ गरिन् ?
यसको कारण खुल्न सकेको छैन् । उनको यो भेटघाटलाई सहभागी नेताहरुले पूर्व निर्धारित, बजेट अनुसारको कामको स्पिरिट लगायतका विषयमा केन्द्रीत रहेर राष्ट्रपतिले चासो ब्यक्त गरेको पारम्भिक प्रतिक्रिया दिएका छन् । नेताहरुसँग लन्च मिटिङ गरेकी राष्ट्रपतिले दिउँसो कास्कीबाट नवनिर्वाचित सांसद विद्या भटटराई अधिकारीलाई पनि निवास बोलाएर भेट गरेकी छिन् ।
त्यसपछि साँझ उनले प्रधानमन्त्री केपी ओलीसँग भेट गरेकी छिन् । प्रधानमन्त्री ओली एपेन्डिसाइटिसको बिरामी भएपछि राष्ट्रपतिसँग निवासमै पुगेर उनले भेट गरेका थिइन् । शनिवार साँझ भने ओली र भण्डारीबीच ५ बजेदेखि झण्डै डेढ घण्टा भेटवार्ता भएको शितल निवास स्रोतले जनाएको छ ।
भेटलाई वालुवाटार स्रोतले भने नियमित भनेपनि भेटमा भएका कुराकानीमा पार्टी राजनीतिका विषयमा चर्चा भएको स्रोतको भनाई छ । भण्डारीले सभामुख निर्वाचनमा चासो ब्यक्त गरेको र उनले हालका उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई आफनो तर्फबाट राष्ट्रपति बनाउन नेकपा नेताहरुसँग लविङ गरिरहेको आरोप लागिरहेका बेला नेकपाका यी तीन टोलीसँग राष्ट्रपतिले आइतबार गरेको भेटवार्ता अर्थपूर्ण रुपमा रहेको नेकपा नेताहरुकै बुझाई छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ पुस २०७६, ०९ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता
गाजामा हमासद्वारा बन्धक बनाइएका २१ जना मात्रै जीवित रहेको विश्वास गरिएको ट्रम्पको भनाइ
मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्नुपर्छ : राष्ट्रपति
तुर्कियका लागि नेपालको गैरआवासीय राजदूतमा धिताल नियुक्त
सहकारी समस्याबारे राष्ट्रपतिको चासो
सुशासन प्रवर्द्धन र सेवा प्रवाहमा चुस्तता पहिलो शर्त: राष्ट्रपति