राजनीती

जन्मकैद फैसला सुनाइएका माओवादी नेता बालकृष्ण ढुंगेल १२ वर्षका लागि जेल चलान

बुधबार, १५ कार्तिक २०७४, ०६ : ४१
जन्मकैद फैसला सुनाइएका माओवादी नेता बालकृष्ण ढुंगेल १२ वर्षका लागि जेल चलान

ज्यान मुद्दामा सर्वस्व सहित जन्मकैद फैसला सुनाइएका माओवादी नेता बालकृष्ण ढुंगेललाई मंगलवार नै जेल चलान गरिएको छ । डिल्लीबजार कारागार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले मंगलवार सातदोबाटोबाट पक्राउ गरेलगत्तै जिल्ला अदालतमा प्रस्तुत गर्दै डिल्लीबजार जेल चलान गरेको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले पक्राउ गरेको हो । २०५५ साल असार १० गते रामेछापमा उज्जनकुमार श्रेष्ठको हत्या गरेको भन्दै उज्जनका भाई गणेशले ढुंगेलविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए । त्यसपछि २०६९ असोज ८ गते उज्जनका भाई गणेशको समेत प्रहरीमा बयान दिएको भन्दै हत्या गरेको अभियोग ढुंगेललाई लागेको थियो । त्यही उजुरी र प्रहरी प्रतिवेदनका आधारमा २०६१ वैशाख २१ गते जिल्ला अदालत ओखलढुंगाले हत्या ठहर गर्दै ढुंगेललाई कैद सजाय हुनुपर्ने फैसला ग¥यो । त्यसपछि केही समय बालकृष्ण जेल परेका थिए । २०६३ सालमा पुनरावेदन अदालतले जिल्लाको फैसला उल्ट्याई निर्दोष ठर्हयायो । त्यही फैसलाका आधारमा जेलबाट निस्केपछि ढुंगेल फरार भएका थिए । त्यसपछि सर्वोच्चले २०६६ पुस १९ मा जिल्ला अदालतकै फैसला सदर गरी ढुंगेललाई दोषी ठर्हयाउने जिल्ला अदालतको निर्णय सदर ग¥यो ।

त्यसपछि २०७३ साल चैत ३० गते पूर्व न्यायाधीशहरुमाथि ज्यान मार्ने धम्की दिएको भन्दै सर्वोच्च अदालतमा ढुंगेलविरद्ध मुद्धा दायर भएको थियो । त्यसपछि अदालतले २०७३ चैत ३१ गते ढुंगेललाई पक्राउ गर्न आदेश जारी गरेको थियो । मंगलवार प्रहरीले पक्राउ गरेका ढुंगेलले अदालतका अनुसार१२ वर्ष पाँच महिना २२ दिन जेल बस्नु पर्नेछ । जेल चलान हुँदै गर्दा ढुंंगेलले आफूलाई जनयुद्धकालिन मुद्दामा फसाउन खोजिएको भन्दै यसले शान्ति प्रक्रिया भंग हुने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस