काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ । संस्थापन र इतर समूहका नेताहरुबीचको विवादमा सहमाति जुट्न नसकेपछि बैठक स्थगित भएको हो ।
केन्द्रीय समिति बैठक बस्नलाई केही समय अगाडी दुवै पक्षका नेताहरु आन्तरिक छलफलमा जुटेका थिए । पार्टी सभापति शेरबहादुर देउवा पक्षका नेताहरु पार्टी कार्यालय सानेपामा भेला भएका थिए भने वरिष्ठ नेता पौडेल पक्षका नेता उनको निवास बोहोराटारमा छलफलमा थिए ।
काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले देउवा पक्षका नेता पार्टी कार्यालयमा भेला भएको बताए ।यता पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारी पार्टीमा तेस्रोधारको नेतृत्व गर्दै आएका कृष्ण सिटौलासहित पौडेल पक्षका नेताहरु बोहोराटारमा भेला भएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ पुस २०७६, १५ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्रियाशील सदस्यता वितरणका लागि काँग्रेसले खटायो ७७ जिल्लामा प्रतिनिधि (सूचीसहित)
काँग्रेसको क्रियाशील सदस्यता सम्बन्धी फेरि नयाँ तालिका सार्वजनिक
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?