आर्थिक अवस्था कमजोर एक सय विद्यार्थीलाई ट्रयाकसुट, टिसर्ट र टोपी वितरण

सफल खबर संवाददाता

बुधबार, ०२ पुस २०७६, ०८ : २३
आर्थिक अवस्था कमजोर एक सय विद्यार्थीलाई ट्रयाकसुट, टिसर्ट र टोपी वितरण

तनहुँ । चिसोयाम शुरुसंगै आर्थिक अवस्था कमजोर भएका एक सयजना बालबालिकालाई कपडा वितरण गरिएको छ । देवघाट गाउँपालिका वडा नम्बर ४ रहेको श्री राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत कक्षा एक देखि सात सम्मका  विद्यार्थीहरुलाई ट्रयाककसुट, टिसर्ट र टोपी  वितरण  गरिएको छ ।

तनहुँ व्यास नगरपालिका स्थित अजय काष्ठ फर्निचर उद्योगका संचालक बाबुराम पुरीले अंसी  हजार बराबरको ट्रयाकसुट, टिसर्ट लगायतका कपडा वितरण गर्नु हो । । साथै ४५ वटा टोपी भने देवघाट वडा नम्बर ५ का समाजसेवी पुर्ण बहादुर कुँवरले विद्यार्थीहरुलाई वितरण गरेका हुन् । देवघाटका एक कार्यक्रमको आयोजना गरि वितरण गरिएको कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर थापाले कार्यक्रममा बोल्दै देवघाटको विकट वडा भित्र वडा नम्बर चार पनि पर्ने भएकाले यहाँको बिकास र शैक्षिक गुणस्तरका लागि गाउँपालिकाको बजेटले मात्र नपुग्ने हँुदा  प्रदेश र केन्द्र पनि बजेट माग गरेको बताउनुभयो ।

उहाँले शैक्षिक क्षेत्रमा  गुणस्तरीय शिक्षा बिकासको लागि अत्वाश्यक रहेकाले सबैको सहयोग आवश्यक रहेको पनि औंल्याउनुभयो ।  अध्यक्ष थाले दाता बाबुराम पुरी र पुर्णबहादुर कुँवरलाई  विकट ठाँउमा आइ यति ठुलो सहयोग गरेको भन्दै धन्यवाद दिनुभयो । 

कार्यक्रममा देवघाट गाउँपालिकाका उपाध्यक्ष बिमला थापाले देवघाटको विकाससंगै र शैक्षिक क्षेत्र बिकासको लागि पनि कुनै कसर नराखी  लागि पर्ने बताउनुभयो । कार्यक्रममा स्वागत मन्तव्य शिक्षिका दिलमाया गुरुङले राख्नु भएको थियो ।

अन्य अतिथिहरुमा देवघाट गाउँपालिकाका प्रशासकीय अधिकृत रमेश सुवेदी, डिभिजन वन कार्यालयका उपसचीव , देवघाट चार नम्बरका वडा अध्यक्ष पदम बहादुर गुरुंङ, देवघाट गाउँपालिकाका कार्यपालिका सदस्य भोगीमाया राना र अनिता गुरुङ, बाबुराम उप्रेती, गाउँपालिकाका इन्जिनियर तिर्थराज ढुंगाना, शिक्षक अभिभावक संघका अध्यक्ष ओम बहादुर भुजेल, देवघाट ४ का नेकपा अध्यक्ष कबिराज गुरुङ र नेबिसंघका अध्यक्ष हरि कुँवरको उपस्थिति थियोे । कार्यक्रम विद्यालय ब्यवस्थापन संघका अध्यक्ष तिलबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस