काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सोमबार पनि स्थगित भएको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल समुह उपस्थित नभएपछि सोमबारको बैठक बस्दै नबसी स्थगित भएको हो ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी केन्द्रीय कार्यालयमा पत्रकारहरुसँग कुरा गर्दै अर्को बैठक पुस २ गते दिउँसो १ बजे बस्नेगरी स्थगित भएको बताउनुभयो । उहाँले पार्टी भित्र हुने विवादहरु स्वभाविक र लोकतान्त्रीक भएको भन्दै दुवै पक्षबीच छलफल गरी सहमति तथा प्रकृयामार्फत टुंगोमा पु¥याउने उद्देश्यले बैठक स्थगित गरिएको जानकारी दिनुभयो ।
कांग्रेस भित्र रहेका विभागहरुको संख्या बढाई २८ बाट ४१ पु¥याउने र १४ औं महाधिवेशन पछि धकेल्ने गरी प्रस्तावहरु आएको भन्दै पौडेल समुहले केन्द्रीय कार्यसमितिको बैठक बहिस्कार गर्दै आएको छ । तर प्रवक्ता शर्माले भने ती विषयहरुमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेलबीच छलफल भइरहेको बताउँदै सर्वसम्मत तथा प्रकृयागत आधारमा अगाडी बढ्ने गरी बैठक सारिएको बताउनुभयो ।
दुई पक्षबीचको विवादका कारण बिहीबार देखि कांग्रेस कार्यसमिति बैठक पटक पटक स्थगित हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० मंसिर २०७६, २० : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली कांग्रेसले गर्यो संसदीय दलको नेता चयन प्रक्रिया स्थगित
संघीयताको सबैभन्दा ठूलो समस्या प्रदेश होइन, संघ होः गगन थापा
कांग्रेसमा शुद्धीकरण, आत्मसमीक्षा र आत्मविश्वास आवश्यक छ : महामन्त्री थापा