काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सोमबार पनि स्थगित भएको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल समुह उपस्थित नभएपछि सोमबारको बैठक बस्दै नबसी स्थगित भएको हो ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी केन्द्रीय कार्यालयमा पत्रकारहरुसँग कुरा गर्दै अर्को बैठक पुस २ गते दिउँसो १ बजे बस्नेगरी स्थगित भएको बताउनुभयो । उहाँले पार्टी भित्र हुने विवादहरु स्वभाविक र लोकतान्त्रीक भएको भन्दै दुवै पक्षबीच छलफल गरी सहमति तथा प्रकृयामार्फत टुंगोमा पु¥याउने उद्देश्यले बैठक स्थगित गरिएको जानकारी दिनुभयो ।
कांग्रेस भित्र रहेका विभागहरुको संख्या बढाई २८ बाट ४१ पु¥याउने र १४ औं महाधिवेशन पछि धकेल्ने गरी प्रस्तावहरु आएको भन्दै पौडेल समुहले केन्द्रीय कार्यसमितिको बैठक बहिस्कार गर्दै आएको छ । तर प्रवक्ता शर्माले भने ती विषयहरुमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेलबीच छलफल भइरहेको बताउँदै सर्वसम्मत तथा प्रकृयागत आधारमा अगाडी बढ्ने गरी बैठक सारिएको बताउनुभयो ।
दुई पक्षबीचको विवादका कारण बिहीबार देखि कांग्रेस कार्यसमिति बैठक पटक पटक स्थगित हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० मंसिर २०७६, २० : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस मधेस प्रदेशले वीरगन्जमा दुई दिन प्रशिक्षण कार्यक्रम गर्ने
संसद्को गतिरोधबारे कांग्रेस-रास्वपा छलफल
संविधानको घेरा गैरसंवैधानिक तरिकाबाट तोड्न खोज्नु अनुचित : नेपाली कांग्रेस
गृहमन्त्रीको राजीनामा आउँदैन, छानबिन समिति पनि बन्दैन: कांग्रेस
‘देशको आर्थिक उन्नयनका निम्ति ऊर्जा क्षेत्रको विकास अपरिहार्य छ’: डा. महत
सानेपाको अपार्टमेन्टमा कांग्रेसका पूर्वपदाधिकारीको छलफल