काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक पार्टी कार्यालय सानेपामा सुरु भएको छ । बैठकमा नेता रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौला समूह सहभागी छैन ।
आफूहरुको माग सम्बोधन नभएको भन्दै पौडेल र सिटौला समूहको बहिस्कार गरेको बताइएको छ । बैठक छाडेर नेता पौडेल पाथिभराको दर्शनका लागि ताप्लेजुङ पुगेका छन् ।
अहिले सानेपामा देउवा पक्षीय नेताकै सहभागितामा केन्द्रीय समिति बैठक बसिरहेको हो । देउवा पक्षका केन्द्रीय सदस्यमात्रैले पनि बैठकमा बहुमत पुग्छ ।
पौडेल पक्षले १४ औं महाधिवेशनको कार्ययोजना केन्द्रीय समिति बैठकमा ल्याइनुपर्ने माग गरेको छ । तर देउवा त्यसमा तयार भएका छैनन् ।
पार्टीको स्थानीय तहका संरचनालाई नयाँ राज्य संरचनाअनुसार समायोजन गरेर मात्रै महाधिवेशनको कार्यतालिका ल्याउने देउवा पक्षको अडान छ ।
यही विषयमा कुरा नमिल्दा पौडेल पक्षले बिहीबारको बैठक पनि बहिस्कार गरेको थियो ।
यस्तै देउवा पक्षले पार्टीका केन्द्रीय विभाग २८ बाट बढाएर ४१ बनाउने प्रस्तावप्रति पनि पौडेल पक्षको विमति थियो ।
पौडेल पक्षको बहिस्कारकाबीच देउवा पक्षले केन्द्रीय समिति बैठकमा छलफलका लागि ९ वडा एजेण्डा प्रस्तुत गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ मंसिर २०७६, १५ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस मधेस प्रदेशले वीरगन्जमा दुई दिन प्रशिक्षण कार्यक्रम गर्ने
संसद्को गतिरोधबारे कांग्रेस-रास्वपा छलफल
संविधानको घेरा गैरसंवैधानिक तरिकाबाट तोड्न खोज्नु अनुचित : नेपाली कांग्रेस
गृहमन्त्रीको राजीनामा आउँदैन, छानबिन समिति पनि बन्दैन: कांग्रेस
‘देशको आर्थिक उन्नयनका निम्ति ऊर्जा क्षेत्रको विकास अपरिहार्य छ’: डा. महत
सानेपाको अपार्टमेन्टमा कांग्रेसका पूर्वपदाधिकारीको छलफल