काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले किराँत समुदायको पर्व उधौली तथा ज्यापू समुदायले मनाउने योमरी पुन्हि (ज्यापु दिवस) का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली किराँत र ज्यापू समुदायमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
शुभकामना संदेश जारी गर्दै अध्यक्ष प्रचण्डले विभिन्न सुमदायका यस्ता सांस्कृतिक पर्वहरुले सम्पूर्ण नेपालीहरुलाई एउटै राष्ट्रिय एकतामा एकताबद्ध गर्नुका साथै सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सद्भाव र सहिष्णुताको संरक्षण एवं प्रबद्र्धन गर्न यी पर्वहरुले थप मद्दत मिल्ने विश्वास लिएको बताएका छन् ।
शुभकामना संदेशमा भनिएको छ–‘सामाजिक न्याय सहितको आर्थिक समृद्धि मार्फत समाजवादको आधार तयार पार्ने वर्तमान सरकार र हाम्रो पार्टीको स्पष्ट रणनीति रहेको छ । नेपालका विभिन्न समुदायहरुले मनाउने सांस्कृतिक पर्वहरु हामी नेपालीका पहिचान हुन् । सबै जाति, क्षेत्र, लिङ्ग, समुदायको पहिचानसहितको समृद्धि नै राष्ट्रको उन्नती हो । मुलुकको समृद्धिमा यस्ता अमूल्य संस्कृतिहरुको ठूलो योगदान रहँदै आएको छ ।’
नेकपा पार्टी कार्यालयले जारी गरेको संदेशमा प्रचण्डले यो पर्वले नेपालीहरुमा आपसी सद्भाव र सहिष्णुताको भावना विकास गरोस् भन्दै किरात र ज्यापु समुदायमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेको उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २६ मंसिर २०७६, ०९ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
६ महिनाभित्र महाधिवेशन गर्ने प्रचण्डको प्रस्ताव
थोरै सीट आए पनि हाम्रो मुद्दाले जित्योः प्रचण्ड
‘निर्वाचन परिणामभन्दा मुद्दाको जित महत्वपूर्ण’ : ‘प्रचण्ड’
ओली प्रकरणमा निष्पक्ष अनुसन्धान आवश्यक: प्रचण्ड
प्रचण्ड नेकपाकाे संसदीय दलको नेता चयन
गणतान्त्रिक प्रणालीमा प्राप्त परिणामलाई सकारात्मक रूपमा लिएको छु : प्रचण्ड