काठमाडौं । प्रमुख प्रतिपक्ष काँग्रेसको केन्द्रीय समिति बैठक आज (बिहिबार) बस्दैछ । पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा उपचुनावको समिक्षा, भातृ संस्था नेविसघंको नेतृत्व चयन देखि केन्द्रीय विभागहरुसम्म चयन एजेण्डामा छन् । तीन महिनाभित्र बनाउनु पर्ने केन्द्रीय विभाग सभापति देउवाले पार्टी सभापतिमा निर्वाचित भएको ४५ महिनासम्म पनि बनाउन सकेका थिएनन् । उनले आज बस्ने केन्द्रीय समिति बैठकवाट केन्द्रीय विभाग र नेविसंघको नेतृत्वका विषयमा टुंगो लगाउन खोजेका छन् ।
विभाग गठनका लागि देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षसँग आफनो पक्षका नेताहरुको नाम दिन आग्रह गरिरहेका छन् । तर यो समाचार तयार पार्दासम्म पौडेलले देउवालाई विभागमा राखिने आफु पक्षिय नेताहरुको नाम दिएका छैनन् । पौडेलले सिमिति एजेण्डामा मात्र भन्दा समग्र एजेण्डामा छलफल गरी प्याकेजमै पार्टीभित्रका सबै मुद्दामा सहमति खोजेका छन् ।
पौडेलले पार्टीको महाधिवेशन सहमतीका लागि ९ बुँदे प्रस्ताव एक महिना अगाडी नै सभापति देउवालाई बुझाएका थिए । तर देउवा पौडेल पक्षको माग अनुसार चल्ने पक्षमा छैन् । पौडेल पक्षले अड्काउन खोजेपनि अब उनले बहुमतकै आधारमा भएपनि निर्णय लिने तयारी गरेका छन् । देउवा पक्षले आफुहरुको सहमती नलिई पेलेरै अगाडी बढ्ने नीति बनाएपछि केन्द्रीय समितिको पूर्वसन्ध्यामा दुवै पक्षका नेताहरु आ–आफनो आन्तरिक तयारीमा जुटेका छन् ।
बिहानै देखि सभापति देउवा निवासमा देउवा पक्षिय पदाधिकारीहरुको जमघट शुरु भएको छ । उता रामचन्द्र्र पौडेल निवासमा पनि केन्द्रीय नेताहरु छलफलका लागि पुग्न थालेका छन् । जसका कारण काँग्रेसको यो केन्द्रीय समिति बैठकलाई चासोका साथ हेर्न थालिएको छ । बुधबार पनि देउवा निवास बुढानिलकण्ठमा देउवा पक्षिय नेताहरु र महामन्त्री डा. शसांक कोइराला निवासमा संस्थापन इतर पक्षका नेताहरुको जमघट र छलफल भएको थियो । दुवै पक्षले केन्द्रीय समितिमा कसरी आफुलाई प्रस्तुत गर्ने रणनीतिक योजना बुनेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २६ मंसिर २०७६, ०८ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा
कांग्रेस महाधिवेशनको मिति सार्ने भित्री तयारी, क्रियाशील सदस्यता विवादले कार्यतालिका प्रभावित
प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै काँग्रेसले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ सकियो
भोलि केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने काँग्रेसको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
काँग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक