देवघाटमा पहिलो पटक 'कृषि महोत्सव'

सफल खबर संवाददाता

मंगलबार, २४ मंसिर २०७६, ०७ : २४
देवघाटमा पहिलो पटक 'कृषि महोत्सव'

चितवन । अर्गानिक कृषि प्रबद्र्धन गर्ने उद्येश्यले यही मसिंर २६ देखि २८ गते सम्म पवित्र तिर्थस्थल देवघाट धाममा 'कृषि महोत्सव' हुने भएको छ । ‘हाम्रो देवघाट, समृद्ध देवघाट’ भन्ने मुल नारा साथ तिन दिन सम्म आयोजना हुने कृषि महोत्सव देवघाट धाम कृषि तथा संकलन केन्द्रमा आयोजना गरिने भएको छ ।  

सोमबार आयोजित पत्रकार सम्मेलनमा अर्गानिक कृषि प्रवद्र्धनका लागी देवघाटमा पहिलो पटक कृषि महोत्सव २०७६ हुन लागेको जानकारी गराईएको छ । तनहूँ जिल्लाको दक्षिणी भेगमा रहेको देवघाट गाउँपालिका ५ स्थित नयाँ बस्तीमा कृषि तथा संकलन केन्द्र परिसरमा कृषि महोत्सव २०७६ हुन लागेको हो । पत्रकार सम्मेलनमा  देवघाट गाँउपालिकाका अध्यक्ष दुर्गा बहादुर थापाले महोत्सवको विषयमा जानकारी दिनु भएको हो ।

उहाँले महोत्सवको मुख्य आकर्षणमा अर्गानिक कृषि उपजको बृहत प्रदर्शनी एंवम बिक्रि, व्यवसायिक कृषि व्यवसायको परामर्श तथा निशुल्क स्वास्थ्य शिविर र माटो परीक्षण, कृषि केन्द्रित लोक दोहोरी गीत प्रतियोगिता, कृषि सम्बन्धी कार्यपत्र प्रस्तुती, राष्ट्रिय तथा स्थानिय कलाकारहरुको सांगितीक प्रस्तुती समेत  रहने थापाले जानकारी दिनुभयो । महोत्सवमा देवघाटमा उत्पादित सुन्तला, निबुवा, तोरी, मकै, गहुँ, पिडालु लगायत अन्य फलफुल, तरकारी र खाघन्न वस्तुहरु प्रदर्शन हुने र बिक्री वितरण हुने आयोजकले जनाएको छ ।

मंसिर २६ महोत्सवको उदघाटन कृषि मन्त्री लेख बहादुर थापाले गर्ने कार्यक्रम रहेको छ ।  ५० वटा स्टल रहने महोत्सव २० हजार दर्शकले अवलोकन गर्ने आयोजकले अनुमान गरेका छन् । आयोजकका अनुसार महोत्सव सम्पन्न गर्न अनुमानित १० लाख रुपैयाँ खर्च हुनेछ । 

प्रतिक्रिया दिनुहोस