गौरिका सिंह तेस्रो स्वर्ण जित्न सफल

सफल खबर संवाददाता

आइतबार, २२ मंसिर २०७६, १८ : ४७
गौरिका सिंह तेस्रो स्वर्ण जित्न सफल

काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग)मा पौडी खेलाडी गौरिका सिंहले तेस्रो स्वर्ण जितेकी छन् । महिला ४ सय मिटर प्रिस्टाइल स्पर्धामा गौरिकाले आइतबार स्वर्ण पदक जित्न सफल भएकी हुन् । उनले नयाँ इतिहास रच्दै सागको एकै संस्करणमा तीन स्वर्ण जित्ने कीर्तिमान कायम गरेकी छिन् ।

ललितपुरको सातदोबाटोस्थित हिटिङ पौडी पोखरीमा उनले भारतीय खेलाडी शिवाङ्गी शर्मालाई पछि पार्दै स्वर्ण जितेकी हुन् । 

यसअघि गौरिकाले २ स्वर्ण तथा १–१ रजत र कास्य जितिसकेकी छन् । गौरिकाको यो जितसँगै सागमा नेपालको ४४ वटा स्वर्ण पदक पुगेको छ ।

यससँगै गौरिकाले नेपाली खेलकुदको इतिहासमा एकै संस्करणमा सर्वाधिक सफल खेलाडी बन्ने कीर्तिमान कायम गरेकी छिन् । समग्रमा सर्वाधिक सफल खेलाडी भने तेक्वान्दोका दीपक विष्ट रहेका छन् । उनले सागमा ४ स्वर्ण जितेका छन् ।

प्रतिक्रिया दिनुहोस