Safal Khabar - नाच्दा नाच्दै रोकिएको भन्दै भारतमा एक नर्तकीमाथि गोली प्रहार
बिहिबार, ०९ माघ २०७६ (Thursday, 23 January, 2020)
नाच्दा नाच्दै रोकिएको भन्दै भारतमा एक नर्तकीमाथि गोली प्रहार
शनिबार, २१ मङि्सर २०७६, १२ : ३०
नाच्दा नाच्दै रोकिएको भन्दै भारतमा एक नर्तकीमाथि गोली प्रहार

एजेन्सी । उत्तर प्रदेशको चित्रकूटमा सम्पन्न एक विवाह समारोहमा नाच्न रोकेको भन्दै एक युवतीलाई गोली हानिएको छ । 

घटना डिसेम्बर १ को दिन चित्रकूटस्थित टिकरी गाँउमा भएको थियो । टिकरी गाँउका प्रधानकी छोरीको विवाहमा उक्त घटना भएको थियो ।  

गोली लागेर घाइते भएकी नर्तकीलाई लखनऊको एक अस्पतालमा भर्ना गरिएको थियो । उनको अवस्था गम्भिर रहेको चिकित्सकहरुले बताएका छन् । 

Yeti Diistillery
nic asia

नाचको क्रममा स्वास्थमा असहजता उत्पन्न भएपछि नर्तकीले नाँच रोकेकी थिइन् । नर्तकीलाई गोली हान्दाको क्षण कैद भएको भिडियो भाइरल भएपछि प्रहरीले कारबाही अघि बढाएको हो । 

विवाहमा नर्तकीमाथि गोली प्रहार गरेको आरोपमा फूल सिंह र गाँउ प्रमुख सुधीर सिंहलाई प्रहरीले पक्राउ गरेको छ । फूल सिंह गाउँ प्रमुखका नातेदार हुन् ।

घटनाको भिडियो भाइरल
समाजिक संजालमा भाइरल भइरहेको घटनाको भिडियो करिब १ मिनेटको छ । यसमा नर्तकीले नाच्न रोकेपछि एक व्यक्तिले अब गोली चल्नेछ भन्ने चेतावनी दिएको सुनिन्छ । 

त्यसको समर्थन गर्दै अर्को व्यक्तिले भनेको सुनिन्छ –‘सुधिर दाई तपाई नै गोली चलाइदिनुस् ।’ त्यसपछि नर्तकीलाई गोली हानिन्छ । गोली उनको अनुहारमा लागेको थियो । 

प्रहरीका अनुसार गोली फाइरिङ हुदाँ दुलाहाको मामा मिथिलेश र अखिलेश पनि मञ्चमा मौजुद थिए । उनीहरु पनि गोलीको छर्रा लागेर घाइते छन् ।
दुहाला मामाहरुले पनि अज्ञात व्यक्तिहरु विरुद्ध प्रहरीमा उजुरी गरेका थिए ।

स्रोत 
https://www.bbc.com/hindi/india-50687415?fbclid=IwAR1ilXsOe4r2l3J5GcKoWv3b6aIlbEN1oDwGcSeQ0PVR9foZudJuYdspOzI

प्रतिक्रिया दिनुहोस