काठमाडौं । उपचुनावमा भक्तपुरको प्रदेश सभा र धरान उपमहानगरपालिका जितेपछि निक्कै हौसिएका काँग्रेस सभापति शेरवहादुर देउवा पार्टीभित्र अब रामचन्द्र पौडेल पक्षधरलाई पेलेरै जाने योजनामा लागेका छन् । उनले पार्टीका विभागहरु तत्काल बनाउने योजना बनाएका छन् ।
काँग्रेसमा रामचन्द्र पौडेल पक्षधर नेताहरु तत्काल महाधिवशेनको मिति तोकेर महाधिवेशनको तयारीमा लाग्नु पर्ने पक्षमा छन । तर देउवा महाधिवेशनको मिति तोक्ने भन्दा पनि केन्द्रिय विभागहरु थप गरेर विभागलाई पूर्णता दिएर जाने पक्षमा छन् । २६ मंसिरमा उपचुनावको समिक्षा गर्न बोलाईएको बैठकमा पनि यो विषयले काँग्रेसभित्र प्रवेश पाउने नेताहरुले बताएका छन् ।
काँग्रेसले नियमति रुपमा महाधिवशेन गरेको भए यही फागुन मसान्तसम्म महाधिवशेन गर्नुपथ्र्यो । तर विधानमा भएको सुविधा प्रयोग गरेर देउवा महाधिवशेन अहिले गर्ने पक्षमा छैनन् । विशेष कारण देखाएर १ वर्ष र संविधानले दिएको अतिरिक्त ६ महिनाको समय लिएर महाधिवशेन पछि धकेल्ने योजनामा देउवा छन् । काँग्रेसमा फेरि एकपटक महाधिवशेन कहिले भन्नेमा नेताहरुवीच टकराव देखिने भएको छ । देउवा फेरी पनि पार्टी सभापति दोहोरिन चाहिरहेका छन् ।
काँग्रेसमा सभापतिका लागि देउवा, पौडेल, शेखर कोइराला लगायतले रुची देखाईरहेका छन् । महामन्त्री डा. शशांक पनि सभापतिका दाबेदार छन् । देउवा पक्षले पार्टीलाई नयाँ संरचना अनुसारको समायोजनमा लैजाने काम भईरहेको र यो सकएिपछि मात्र महाधिवशेनका विषयमा छलफल गरेर मिति घोषणा गर्नुपर्ने मत राखिरहेका छन् । तर पौडेल पक्षले समायोजन मा देउवा पक्षले ढिलाई गरेर महाधिवशेन लम्ब्याउन खोजेको र आफु अनुकुलको वातावरण निर्माण गरेर मात्र महाधिवशेन गराउन खोजेको आरोप लगाउन थालेका छन् ।
काँग्रेसले नयाँ राज्य संरचना अनुसार पार्टी कमिटीलाई समायोजन गर्न थालेको चार महिना बितिसकेको छ, तर अझै सकिएको छैन् । साउन १७ गतेको केन्द्रीय कार्यसमिति बैठकले राष्ट्रिय सभाका सांसद एवं कानुन व्यवसायी राधेश्याम अधिकारीको नेतृत्वमा रहेको निर्वाचन समितिलाई मंसिर मसान्त सम्ममा समायोजन गरिसक्न जिम्मा दिएको थियो ।
समितिले १ सय ६५ संघीय र ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रीय कार्यसमितिको समायोजन टुंग्याएको छ । तर ७ सय ४३ पालिका र ६ हजार ७ सय ४३ वडा तहको संरचनाको समायोजन अझै टुंगिन सकेको छैन । देउवा पक्षले भने विभाग गठनको सहमतिमा सकभर पौडेल पक्षलाइ सहमतिमा आउन नचाहेमा पेलेर जाने नीति अवलम्वन गर्ने भएको छ ।
‘भातृ संस्था लथालिंग छ, विभागहरु बनेका छैनन् । सबै पार्टी भित्रको भागवण्डा र आन्तरिक खिचातानीका कारण भईरहेको छ । यसमा पौडेल पक्ष वढी दोषी छन्,’ देउवा पक्षिय एक नेताले भने, –‘अब पनि सहमतिमा नआए सभापति पौडेल पक्षलाई पेलेरै अगाडी जानुहुन्छ ।’
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
क्रियाशील सदस्यता वितरणका लागि काँग्रेसले खटायो ७७ जिल्लामा प्रतिनिधि (सूचीसहित)
काँग्रेसको क्रियाशील सदस्यता सम्बन्धी फेरि नयाँ तालिका सार्वजनिक
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?