प्रचण्ड चीन गएकै बेला माधव नेपाल भारतमा  !

नेकपाका अध्यक्ष प्रचण्ड उत्तरी छिमेकी मुलुक चिन तिर जाँदा वरिष्ठ नेता माधव नेपाल दक्षिण छिमेकी मुलुक भारत जाने तयारी गदैछन्

सफल खबर संवाददाता

सोमबार, १६ मंसिर २०७६, ०९ : ०३
प्रचण्ड चीन गएकै बेला माधव नेपाल भारतमा  !

काठमाडौं । नेकपाका दुई शीर्ष नेता उत्तर–दक्षिण छिमेकी मुलुक तिरको भ्रमणमा निस्कन लागेका छन् । अध्यक्ष प्रचण्ड २४ मंसिर देखि झण्डै ५ दर्जन नेताहरुको नेतृत्व गर्दै उत्तरी छिमेकी मुलुक चिन भ्रमणमा निस्कदै छन् । त्यही आसपास शनिबार मात्रै टर्कीबाट फर्केका वरिष्ठ नेता माधव नेपाल भारत जाने तयारीमा छन् ।

चिनका राष्ट्रपति सि जिनफिङकै निम्तोमा प्रचण्ड चिन भ्रमणमा जान लागेका हुन् । राष्ट्रपति सि सँग आठ पटक भेट गरिसकेका प्रचण्डलाई राष्ट्रपति सीले नेपाल भ्रमणमा आउँदा समेत उच्च प्रसंसा गरेका थिए । नेपालको कम्युनिष्ट पार्टी र चिनको कम्युनिष्ट पार्टीबीच भाइचारा सम्बन्ध स्थापित गर्ने, पार्टी र जनताको तहसम्म दुई देश बीचको सम्वन्ध स्थापित गराउने उदेश्यले काठमाडौंमा ६ बुँदे सम्झौता भएपछि प्रचण्डको यो पहिलो पटक पार्टीगत भ्रमण हुन लागेको हो ।

भ्रमण टोलीमा नेकपाका ४ जना स्थायी समिति सदस्यहरु समेत छन् । स्थायी समिति सदस्यहरु भीम रावल, गणेश शाह, प्रेम आले लगायतका नेताहरु प्रचण्डको भ्रमण दलमा हुनेछन् । अध्यक्ष प्रचण्डले भ्रमण टोलीमा रहने नेताहरुको अन्तिम नाम फाइनल गर्दैछन् । यसको तयारीका लागि उनी आईतबार पनि पार्टीका केही नेताहरुसँगको अनौपचारिक छलफलमा थिए ।

सोमबार सम्म प्रचण्डले भ्रमण टोलीको नाम फाइनल गर्ने तयारी थालेका छन् । उता वरिष्ठ नेता नेपाललाई भने प्रधानमन्त्री ओलीले आफनो विशेष दुतका रुपमा भारत पठाउन खोजेका छन् । भारतले आफनो नयाँ राजनीतिक नक्सामा नेपालको कालापानी क्षेत्रलाई समेत समेटेपछि नेपालले त्यसलाई अस्वीकार गर्दै आएको छ ।

कालापानी क्षेत्रमा लामो समय देखि बस्दै आएको भारतीय सेना फिर्ता लैजान प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमै आग्रह गरिसकेका छन् । भने भारतीय पक्षलाई कुटनीतिक चिट्ठी पठाउदै कालापानी क्षेत्र नेपालको भएको र त्यसमा भारतीय पक्षको अतिक्रमण सैहय नहुने जानकारी गराईसकेको छ । देशभित्र राष्ट्रियताको पक्षमा जनमत एक भएपनि यो विषयमा कुटनीतिक पहल कदमी लिन सरकारले ढिलाई गरिरहेको भन्दै आरोप खेपिरहेका प्रधानमन्त्री ओलीले आफ्नो अस्पताल बसाईकै क्रममा वरिष्ठ नेता नेपाललाई विशेष दुतका रुपमा भारत पठाउन लागेका हुन् ।

तर यो विषयमा कुनै नेताहरुले औपचारिक रुपमा मुख भने खोलिसकेका छैनन् । भित्री तयारी भने शुरु भईसकेको छ । टर्कीवाट फर्के लगत्तै नेता नेपालले अध्यक्ष प्रचण्डसँग आइतबार बिहान खुमलटारमा पुगेर भेट गरेका थिए । अस्पताल भर्ना हुन अघिल्लो दिन ओली, प्रचण्ड र विष्णु पौडेल बीच छलफलमा नेता नेपाललाई विशेष दुतका रुपमा भारत पठाउने विषयमा छलफल भएको थियो । त्यही छलफललाई आधार नाएर नेता नेपाल भारत जाने तयारीमा रहेको नेकपा स्रोत बताउँछ । 

प्रतिक्रिया दिनुहोस