चितवन । नेपाली काँग्रेसले आइतबार चितवनमा बिजय उत्सव मनाएको छ ।
शनिवार भएको उपनिर्वाचनमा भरतपुर महानगर १६ सहित चितवनका ३ वटा वडामा नै नेपाली कांग्रेसले जितेपछि त्यसैको खुसियालीस्वरुप भरतपुरको चौबिसकोठीदेखि पुलचोकसम्म बिजय र्यालीको आयोजना गरि कांग्रेसले बिजय उत्सव मनाएको हो । महानगरका बिभिन्न वडाबाट आएका कार्यक्रताहरु चैबिसकोठीमा जम्मा भई पुलचोकसम्म र्यालि निकालेर बिजय उत्सव मनाएका थिए ।
नेपाली कांग्रेसका जिल्ला सभापति जितनारायण श्रेष्ठले सभालाई सम्बोधन गर्दै चितवनको भरतपुर १६ लाई कांग्रेसले निकै महत्वपूर्ण रुपमा लिएको बताउँदै यो जितले नेकपा सरकारलाई जनताले ठूलो पाठ सिकाएको बताउनुभयो । उहाँले हाल नेपाली जनता मुल्यबृद्धि, कर बृद्धिबाट आजित भएका कारणले गर्दा नेकपाको बिकल्पमा नेपाली कांग्रेस रोजेको बताउनुभयो । बिजय र्यालिलाई सम्बोधन गर्दै श्रेष्ठले अघिल्लो निर्वाचनमा नेकपालाई दाईजो दिएको वडा अहिले आफुहरुले फिर्ता ल्याएको बताउनु भयो ।
काँग्रेसका युवा उम्मेदवार अमृतराज हमालले ३ हजार १८३ मत प्राप्त गर्दै वडा अध्यक्षमा निर्वा्चित हुनुभयो । उहा यसअघिको स्थानीय तहको निर्वाचनमा नेकपाका चतुरमान गुरुङसंग ६४ मतको झिनो अन्तरले पराजित हुनु भएको थियो । यस्तै प्रतिद्धन्द्धी सत्तारुढ दल नेकपाका उम्मेदवार भक्तराज हमालले २ हजार ८७५ मत प्राप्त गर्नु भयो । भरतपुर १६ मा ८ हजार ४ सय ८१ मतदाता रहेकोमा ६ हजार २ सय ५० मत खसेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ मंसिर २०७६, १५ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस मधेस प्रदेशले वीरगन्जमा दुई दिन प्रशिक्षण कार्यक्रम गर्ने
संसद्को गतिरोधबारे कांग्रेस-रास्वपा छलफल
संविधानको घेरा गैरसंवैधानिक तरिकाबाट तोड्न खोज्नु अनुचित : नेपाली कांग्रेस
गृहमन्त्रीको राजीनामा आउँदैन, छानबिन समिति पनि बन्दैन: कांग्रेस
‘देशको आर्थिक उन्नयनका निम्ति ऊर्जा क्षेत्रको विकास अपरिहार्य छ’: डा. महत
सानेपाको अपार्टमेन्टमा कांग्रेसका पूर्वपदाधिकारीको छलफल