टोकियो । जापानको उत्तरपूर्वी इलाकामा रहेको तटीय क्षेत्रमा शुक्रबार ५.५ म्याग्नीच्युडको भूकम्प गएको छ ।
यद्यपी यस भूकम्पपछि सुनामी चेतावनीको कुनै सूचना जारी गरिएको छैन । तटीय इलाका सनरिकुमा स्थानीय समयानुसार शुक्रबार अपराह्न १ बजेर १ मिनेटमा सो भूकम्प गएको हो । उक्त भूकम्पको केन्द्रबिन्दु जमिनको सतहबाट १० किलोमिटर गहिराइमा रहेको भूकम्प मापन केन्द्रले जनाएको छ ।
यस भूकम्पका कारण कुनै धनजनको क्षतिको विवरण भने प्राप्त भएको छैन । (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, १३ मंसिर २०७६, १८ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भूकम्पको एक दशक: भत्किएका संरचना पुनर्निर्माणको प्रतीक्षामा
कास्कीको मिजुरेडाँडा आसपासमा भूकम्पको धक्का
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प, जनधनमा क्षति
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
मुगुमा ४ म्याग्निच्युडको भूकम्प
दार्चुलामा भूकम्पको धक्का