सिद्धबाबा भनिने कृष्णदास गिरीलाई बलात्कार अभियोगमा पक्राउ गर्न अदालतको अनुमति

सफल खबर संवाददाता

शुक्रबार, १३ मंसिर २०७६, १७ : ११
सिद्धबाबा भनिने कृष्णदास गिरीलाई बलात्कार अभियोगमा पक्राउ गर्न अदालतको अनुमति

काठमाडौं । जिल्ला अदालत सुनसरीले सिद्धबाबा भनिने कृष्णदास गिरीलाई बलात्कार अभियोगमा पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको छ ।

जिल्ला अदालतका प्रवक्ता गोपालप्रसाद गिरीले कृष्णदासलाई पक्राउ गर्न अदालतले मुद्दा दर्ता भएकै दिन १२ मंसीरमा पक्राउ पूर्जी जारी गरेको जानकारी दिए । 

कृष्णदास सुनसरीको चतरास्थित् आश्रममा बस्दै आएका छन् । समाधि बसेर ख्याति कमाएका उनले अघिल्लो महिना एक अनुयायीलाई आश्रममा भेट्न बोलाएर बलात्कार गरेको आरोप लागेको छ ।

प्रतिक्रिया दिनुहोस