उल्टो साइकल यात्रीलाई कैद

पत्रपत्रिकाबाट

विहीबार, १२ मंसिर २०७६, ०७ : ३४
उल्टो साइकल यात्रीलाई कैद

काठमाडौं । सगरमाथा लोकमार्गको जग्गा ठगी गरी बिक्री गरेको कसुरमा जिल्ला अदालत उदयपुरले उल्टो साइकलयात्री विरेश दाहाल सहित ४ जनालाई जरिवानासहित कैद सजायको फैसला गरेको छ । 
जिल्ला न्यायाधीश मनोज केसीको एकल इजलासले उनीसहित शिवप्रसाद दाहाल, दीपेन्द्र चौधरी र वुद्धिप्रसाद दाहाललाई कैदसहित जरिवाना फैसला गरेको हो । विरेश अझै पनि फरार रहेका छन् । उनीहरुले लोकमार्गको सडक बिक्री गरेको अदालतको ठहर छ । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस