विभाग र मन्त्रालयको भुमरीमा टुटल र पठाओको सेवा

पत्रपत्रिकाबाट

विहीबार, १२ मंसिर २०७६, ०७ : १५
विभाग र मन्त्रालयको भुमरीमा टुटल र पठाओको सेवा

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र मन्त्रालय मातहतको विभागबीच टुटल पठाओजस्ता राइड सेयरिङ रोक्ने विषयमा विवाद देखिएको छ । 
यसअघि विभागले बन्द गर्ने तवरको सूचना जारी गरेकामा मन्त्रालयले यथावत रुपमा सञ्चालन गर्न निर्देशन दिएको हो । विभागले केही दिनअघि एक प्रयोजनका लागि दर्ता भएर अर्कै प्रयोजनका लागि प्रयोग गरिए कारबाही गर्ने चेतावनी दिएको थियो । त्यसपछि ट्राफिक प्रहरीले एक जना राइड सेयरिङ गरेको मोटरसाइकलमाथि कारबाही समेत गरेको थियो । 
तर विभागीय मन्त्री बसन्तकुमार नेम्वाङले भने नरोक्न दिर्नेशन दिएका हुन् । यो खबर राजधानी दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस