तिरान । अल्बानीयामा मङ्गलबार बिहान आएको भूकम्पमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ ।
भूकम्पका कारण अरु १५० भन्दा बढी घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् । उक्त भूकम्प ६.४ म्याग्नीच्युडको भएको जनाइएको छ ।
मृत्यु भएका मध्ये एक जनाले कुरबिनस्थित एक घरको पाँच तला माथीबाट हामफालेको एक सैन्य अधिकारीले बताएका छन् ।
अर्का एक महिला र एक पुरुषको शव देशको राजधानी तिरानको उत्तरी क्षेत्रमा पर्ने थुमानमा भेटिएको थियो ।
घाइते भएकाहरुको भने विभिन्न अस्पतालहरुमा उपचार भइरहेको स्वास्थ्य मन्त्री ओगेर्टा मानास्तेर्लिले जानकारी दिनुभयो ।
उनीहरुको राजधानी तिरान र अर्को डुर्रेसमा उपचार भइरहेको हो । घटनास्थलमा खोजी तथा उद्धारको काम भइरहेकाले मृत्यु हुने र घाइते हुनेको संख्या बढ्न सक्ने अधिकारीहरुले अनुमान गरेका छन् । (रासस/एएफपी)
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, १० मंसिर २०७६, १४ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भूकम्पको एक दशक: भत्किएका संरचना पुनर्निर्माणको प्रतीक्षामा
कास्कीको मिजुरेडाँडा आसपासमा भूकम्पको धक्का
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प, जनधनमा क्षति
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
मुगुमा ४ म्याग्निच्युडको भूकम्प
दार्चुलामा भूकम्पको धक्का