ओलीले १० अर्ब कमिसन खाएर एनसेललाई ६२ अर्ब कर छुट दिए : विश्वकर्मा

सफल खबर संवाददाता

मंगलबार, १० मंसिर २०७६, १२ : २७
ओलीले १० अर्ब कमिसन खाएर एनसेललाई ६२ अर्ब कर छुट दिए : विश्वकर्मा

धरान  l नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य मीन विश्वकर्माले वर्तमान कम्युनिष्ट सरकारका प्रधानमन्त्री केपी ओलीले एनसेल कम्पनीबाट १० अर्ब कमिसन लिएर ६२ अर्ब कर छुट दिएको आरोप लगाएका छन । 
सोमबार धरान १५ बगरकोटस्थित त्रिवेणी चौकमा आयोजित नेपाली कांग्रेसको चुनाबी कोण सभामा बोल्दै उनले भने, ”धरानका बगरकोट, सुमनटार, दानाबारी , पानवारी, बिष्णुपादुक लगाएतका देशभरका मजदुर, किसानसंग कर लिन्छ तर कन्टेनरमामा नअट्ने ६२ अर्व रकम राजस्व एनसेललाई छुट दिन्छ ।“  पुर्वमन्त्री समेत रहेका सोही वडाबासी बिश्वकर्माले वर्तमान सरकारले ६ अर्व वाइडबडीमा र १२ अर्ब फोरजी नेटमा पनि भष्टाचार गरेर आरोप लगाए । 
उनले नेपाली कांग्रेसको सरकारमा मेरो संयोजकमा ल्याएको जनता आबास कार्यक्रम कम्युनिष्टले स्थगित गरेको बताए । धरानमा मेरो नेत्रित्वमा ५ सय गरिब जनतालाई घर बनाए तर  केही घरहरु कम्युनिष्ट सरकारका कारण बन्न सकेको छैन । अब धरानबासीको मन र मत बदलिनु पर्छ । 
कम्युनिष्टको अर्थ कर हो । आम्दानी छैन तर पनि कर दिनु पर्ने  रोजगारी छैन कर दिनु पर्ने यो सरकारले बिकास गर्दैन , कर लिन्छ । धरानबासीलाई २८ बर्ष देखि  आश्वासन मात्र दिएको छ  ,बिकास छैन । उनिहरुलाई डर छ सुकुम्बासीहरु नगरबासी भए भने हामी सकिन्छौ भनेर । त्यसैले उनिहरुले सुकुम्बासीलाई धनि पुर्जा दिदैन उनिहरुले सुकुम्बासीलाई झुक्याउन सेतो पुर्जा दिएर भोट लिइ रहन्छ । 
उनले भने नेपाली सम्पन भए पछि कम्युनिष्ट आफै सकिन्छ । शिक्षा, स्वास्थ्य, आवास ,खाद्या सुरक्षा , रोजगार कांग्रेसको निति छ तर  हामीले बुझाउन नसक्दा हामी हारेको हो । तर अब जनताले बुझ्न थालि सकेका छन ।
नेपाली कांग्रेस महासमिति सदस्य उमेश थापाले तिलक राई धरानबासीको चाहान रहेको बताए । उनले भने कम्युनिष्टलाइ पटक पटक हेर्नु भयो अब परिवर्तन पक्षको संवाहक कांग्रेसलाई बिजयी गराउनु पर्छ  । 
कोणसभामा बोल्दै अब्यबस्थित बसोबास समितिका महासचिब सुबास राईले धरानमा कम्युनिष्टले जिते पनि धरानबासी हारेका बताए । राईले सुकुम्बासीलाई धनि पुर्जा दिन्छु भनेर कम्युनिष्टले भोट लिइ रहेको बताए । क्षेत्र नं १ का सचिब महेन्द्र प्रधानको संयोजकत्वमा कोणसभा आयोजना भएको थियो ।

प्रतिक्रिया दिनुहोस