गाडीमा यात्रा गर्दा वान्ता हुन्छ ? यस्तो छ उपाय

सफल खबर संवाददाता

सोमबार, ०९ मंसिर २०७६, १९ : ४६
गाडीमा यात्रा गर्दा वान्ता हुन्छ ? यस्तो छ उपाय

काठमाडौँ । पढाई वा कामको शिलशिलामा बाहिरिएका अघिकांश मानिसहरु परिवारसँग दशै तिहार मनाउन आफ्नो जन्म ठाउँ फर्कन्छन् । त्यसैगरी यो चाडबाडमा आफन्तको टिका लगाउन जाने गरिन्छ । त्यसक्रममा लामो र छोटो यात्रा गर्नुपर्छ । यदि छोटो दुरी छ भने हिडेर पनि जान सकिन्छ , तर लामो दुरीको बाटो छ भने बस , कार र हवाइजहाजमा जानुपर्ने हुन्छ ।

यद्यपि गाडी वा हवाइजहाजको यात्रा धेरैलाई रमाइलो लाग्छ । तर कतिपय मानिसलाई यात्राको क्रममा वान्ता आएर निकै कष्टकर हुन्छ । त्यतिमात्र होइन् , टाउको दुख्ने चक्कर लाग्ने समेत समस्या देखा पर्दछ । त्यसैले आज हामी तपाईलाई यात्राको क्रममा वान्ता आएमा के गर्ने भनेर घरेलु उपाय सिकाउदै छौँ । हेर्नुस्

–यात्राको क्रममा वान्ता आउदाँ कागती फाइदाजनक हुने भएकाले कागती रस खानुस् ।

–वान्ता रोक्ने अर्को घरेलु उपाय भनेको अदुवा पनि हो । यात्राको क्रममा अदुवा रस पिएर वा अदुवालाई मुखमा च्यापेर गाडीमा यात्रा गर्दा वान्ता हुदैन् ।

–गाडी वा हवाइजहाजमा यात्रा गर्दा प्रशस्त मात्रामा पानी पिउनुपर्छ ।

–त्यस्तै यात्राको क्रममा चिल्लो, पिरो, बोसोयुक्त तथा मसलेदार खाना कम खाने र फलफूल लगायत फलफूलजन्य खानेकुरा धेरै खानुपर्छ ।

–यात्राको क्रममा घाम र हावा आउने सिटमा आराम तरिकाले बस्दा पनि वान्ता हुदैन् । बसाई पनि यो समस्याको कारण हो ।

 

प्रतिक्रिया दिनुहोस