फिल्म ‘च च हुई’ प्रर्दशनमा

सफल खबर संवाददाता

शुक्रबार, ०६ मंसिर २०७६, १२ : ११
फिल्म ‘च च हुई’ प्रर्दशनमा

काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट फिल्म ‘च च हुई’ मात्र प्रर्दशनमा आएको छ ।

साम्तेन भुटियको निर्देशन रहेको ‘च च हुई’ मा आर्यन सिक्देल, मिरुना मगर, भोलाराज सापकोटा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

रोमान्टिक कमेडी जनरमा तयार भएको यो फिल्म एजीएल इन्टरटेनमेन्टको ब्यानरमा अमृत घोले लामाले निर्माण गरेका हुन् । व्यवसायी घेले यसैमार्फत् फिल्म निर्माणमा होमिएका हुन् ।

कमेडीमा प्रेमकथा समेत मिसाइएको फिल्ममा लभरब्वाइका रुपमा रुचाइएका अभिनेता आर्यनले कमेडी पनि गरेको बताइएको छ ।

सुजन दाहालको लेखन, राजनराज शिवाकोटीको संगीत, शिशिर खत्रीको कोरियोग्राफी, किशोर नेपालको कला निर्देशन र सुसन प्रजापतीको छायाँकन फिल्ममा रहेको छ ।

प्रतिक्रिया दिनुहोस