१५०० मिटरको दौडमा प्रथम भए लगत्तै मृत्यु

एजेन्सी

विहीबार, ०५ मंसिर २०७६, १४ : ५३
१५०० मिटरको दौडमा प्रथम भए लगत्तै मृत्यु

काठमाडौं । भारतको पञ्जाब निवासी ७८ वर्षिया बख्शीश सिंहको १५०० मिटरको दौड लगतै मृत्यु भएको छ । दौड पछि कपडा फेर्ने क्रममा बख्शीशलाई हृदयघात भएको थियो ।  बख्शीश सो दौडमा प्रथम भएका थिए । 
पञ्जाब मास्टर धावक एसोसिएशनले बयोवृद्धहरुबीचमा दौड प्रतियोगिता आयोजना गराएको थियो । प्रतियोगतामा दौडका विभिन्न प्रतिस्पर्धामध्ये होशियापुरको जलोबालमा बस्ने बख्शीश सिंहले १५०० मिटरमा र ८०० मिटरको दौडमा भाग लिएका थिए । उनी १५०० मिटरमा पहिलो भए भने ८०० मिटरको दौडमा तेस्रो भएका थिए । 
१५०० मिटरको दौडमा पुरा गरेपछि आराम गर्ने क्रममा उनलाई हृदयघात भएको थियो । उनका साथीहरुले उनलाई तत्कालै अस्पताल पु¥याएका थिए । अस्पताल पु¥याएलगतै चिकित्सकले उनलाई मृत घोषणा गरिएको थियो । उनका आफन्त महिन्दर सिंह विर्कका अनुसार दौडपछि आराम गर्नका लागि कपडा बदल्ने क्रमा बख्शीश लडेका थिए । महिन्दरका अनुसार बख्शीशलाई दौडमा यति रुचि थियो कि उनी आफ्ना साथीहरुलाई मर्दा पनि मैदानमै मर्न पाए हुने कुरा गर्थे ।

प्रतिक्रिया दिनुहोस