इक्यान चितवनमा कार्यविभिाजन, तोकियो जिम्मेवारी

सफल खबर संवाददाता

बुधबार, ०४ मंसिर २०७६, २० : ०५
इक्यान चितवनमा कार्यविभिाजन, तोकियो जिम्मेवारी

चितवन । ईक्यान चितवनको कार्यसमिति बैठकले सदस्यहरुको कार्य विभाजन गरेको छ । नबगठित समितिको आज बसेको बैठकले कार्य विभाजन गरी जिम्मेवारी तोकिएको अध्यक्ष हिम्मत पुरीले बताए । 
तालिम विभाग संयोजकमा भविन्द्र गुरुङ, मेला संयोजकमा समुन्द्र अर्याल, अतिरिक्त क्रियाकलाप संयोजकमा किशोर सुवेदी, प्रचारप्रसार बिभाग संयोजकको जिम्मेवारी आशिष दवाडीलाइ दिइएको छ । 
यस्तै अनुशासन बिभाग संयोजकको जिम्मेवारी प्रवास कुमार थापा क्षेत्रीलाइ दिइएको छ । अब चाँडै गर्ने गरी नयाँ कार्यक्रमको तयारी भईरहेको अध्यक्ष पुरीले बताए । 
 

प्रतिक्रिया दिनुहोस