कालापानी लिपुलेक हाम्रो हो भन्दै महाकाली मेची साइकल यात्रा

हिरालाल आचार्य ‘डायमण्ड’

बुधबार, ०४ मंसिर २०७६, १६ : ४१
कालापानी लिपुलेक हाम्रो हो भन्दै महाकाली मेची साइकल यात्रा

चितवन । कालापानी लिपुलेक हाम्रो हो भन्दै तीन युवाले गरेको महाकाली मेची साइकल यात्रा टोलीलाई आज भरतपुरमा स्वागत गरिएको छ । त्यसपछि टोली पूर्वतर्फ प्रस्थान गरेको छ ।

तीन युवाहरुमा वर्ष २२ का विनय अर्याल, वर्ष २३ का उपकार पौडेल, वर्ष २४ का प्रजन्य घिमिरे रहेका छन् । माहाकाली दोधार चाँदनी पुलबाट सुरु भएको यात्राको आज पाँचौ दिन हो । 

टोली पहिलो दिन महाकालीबाट कर्णाली चिसापानी (१४६ किमि), दोस्रो दिन चिसापानीबाट बाँके अगैयासम्म (१२९ किमि), तेस्रो दिन अगैयादेखि दाङको भालुबाङ सम्म(९८ किमि), चौथो दिन भालुबाङदेखि बुटवलसम्म (१०२ किमि) र पाँचौ दिन आज बुटवलबाट भैरहवा हुँदै भरतपुरसम्म (१३५ किमि) आइपुगेको यात्री उपकार पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस