काबुल । अफगानिस्तानमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा परी कम्तीमा दुई अमेरिकी सैनिकको मृत्यु भएको नेटोआवद्ध गठबन्धन सेनाले बुधबार पुष्टि गरेको छ ।
हेलिकोप्टर दुर्घटनाको कारण अनुसन्धानरत रहेको जनाइएको छ । यद्यपी प्रारम्भिक अनुसन्धानबाट शत्रुले आक्रमण गरेको कुनै संकेत देखा नपरेको समाचारमा जनाइएको छ ।
अमेरिकी रक्षा मन्त्रालयको नितीअनुसार यस समाचारको विस्तृत विवरणलगायत मारिएका व्यक्तिहरुको परिचय भने खुल्लाइएको छैन् ।
यसैबीच अफगान सरकार र गठबन्धनसेनासँग लडिरहेका तालिबानी लडाकू समूहले पूर्वी लोगर प्रान्तमा भएको यस हेलिकोप्टर दुर्घटना गोली हानेर खसालेको दाबी गरेका छन् ।
तालिबानीका कट्टर प्रवक्ता जबीउल्लाह मुजाहिदले ट्विटरमार्फत अमेरिकी हेलिकप्टरले लोगारको चर्ख जिल्लाको पानग्राम इलाकामा लडाकूहरुको आखाडा आक्रमण गर्न खोजेका बताएका छन् ।
सन् २०१७ को अक्टोबरमा लोगार प्रान्तमा गठबन्धन सेनाको हेलिकप्टर दुर्घटनामा परी एक अमेरिकी सेनाको मारिनुको साथै अन्य छ घाइते भएका थिए । (रासस/सिन्हवा)
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०४ मंसिर २०७६, १४ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्लाहीमा सवारी दुर्घटना : ६ महिनामा २९ जनाको मृत्यु
चितवनमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन
इलामको देउमाईमा अटो दुर्घटना, एक जनाको मृत्यु
मकवानपुरमा सवारी दुर्घटना, एक जनाको मृत्यु