काँग्रेसले निकाल्यो नेकपा सरकारको २१ बुँदे असफलता

सफल खबर संवाददाता

मंगलबार, ०३ मंसिर २०७६, १५ : २९
काँग्रेसले निकाल्यो नेकपा सरकारको २१ बुँदे असफलता

काठमाडौं । नेपाली काँग्रेसले केपी ओली सरकारको चर्को आलोचना गरेको छ । सरकार गठन भएको २१ महिना पुग्दा काँग्रेसले सरकारले गरेको गलत क्रियाकलापको बुँदागत रुपमा टिप्पणी गरेको छ । 
‘कम्युनिस्ट सरकारको असफलता’ भन्दै काँग्रेसले २१ बुँदामा गरेको टिप्पणीमा उपनिर्वाचन अघि मतदाताले सरकारको २१ असफलतालाई केलाउन जरुरी रहेको बताएको छ । 
मंगलबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रियताको सवालमा सरकार असफल रहेको बताए ।

प्रतिक्रिया दिनुहोस