सिजी ल्याण्डमार्कमा सपिङ गर्दा स्कुटर पाए सुजनले

शुक्रबार, २९ कार्तिक २०७६, २० : १४
सिजी ल्याण्डमार्कमा सपिङ गर्दा स्कुटर पाए सुजनले

तस्विर : सूर्यप्रकाश कँडेल

चितवन । भरतपुरस्थित सिजी ल्याण्डमार्कमा सपिङ गर्दा लक्की ड्रबाट भरतपुर महानगरपालिका २६, ज्योतिनगर निवासी सुजन पौडेलले टिभीएस स्कुटर प्राप्त गरेका छन् । दसैंमा कपडा किन्दा प्राप्त गरेको लक्की ड्र कुपन नम्बर २७१९३ ले उनलाई स्कुटर दिलाएको हो ।
दशैं, तिहार र छठको अवसरमा असोज १२ देखि कात्तिक २८ गतेसम्म सिजी ल्याण्डमार्कमा रहेका पसलबाट सामान किन्ने ग्राहकलाई प्रतिहजार रुपैयाँ बराबर एउटा कुपन वितरण गरिएको थियो । शुक्रबार साँझ उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधान प्रमुख अतिथि रहेको लक्की ड्र कार्यक्रममा विजेता छानिएको हो ।
लक्की ड्रबाट कुपन नम्बर १४०७६ का क्रिशेष श्रेष्ठले डबल डोर फ्रिज, कुपन नम्बर १५५९४ का दृश्य क्षेत्रीले वाशिङ मेशिन, कुपन नम्बर २०९५४ की पवित्रा पौडेलले थाइल्याण्ड टुर प्याकेज र कुपन नम्बर १६७९६ की कविता घिमिरेले एयरकण्डिसन जितेका छन् । यसबाहेक अन्य केहीले सौराहा टुर प्याकेज र सिनेमाको टिकट समेत प्राप्त गरेका छन् ।
सिजी ल्याण्डमार्कले आयोजना गरेको फेस्टिभ सिजन्स बडा अफरको इभेन्ट पार्टनरमा जगदम्बा मोटर्स, टिभीएस, सिजी, एलजी, जेम्स वल्र्ड, टेक्नोमार्क, रोयल पेन्ट्स, रेडियो भरतपुर, द फर्न रेसिडेन्सी, जंगल सफारी लज र सफल खबर डट कम रहेका थिए । गायक भुवन प्यासीकाे सा‌गीतिक प्रस्तुति रहेकाे कार्यक्रममा इभेन्ट पार्टनरहरुलाई सहभागिताको प्रमाणपत्र वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस