बंगलादेशका राष्ट्रपति आज स्वदेश फर्किदैं

सफल खबर संवाददाता

शुक्रबार, २९ कार्तिक २०७६, १० : ३१
बंगलादेशका राष्ट्रपति आज स्वदेश फर्किदैं

काठमाडौं । चार दिने नेपाल भ्रमणका लागि मंगलबार नेपाल आएका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज स्वदेश फर्किदै छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले विमानस्थल पुगेर स्वागत गरेका हमिदलाई बिदाई गर्न पनि राष्ट्रपति भण्डारी नै विमानस्थल जाने छिन् ।

राष्ट्रपति हमिद स्वदेश फर्किनु अगाडी आजै उनले पाटन दरबार स्क्वायर अवलोकन गर्ने कार्यक्रम छ । उनी दिउँसो १ बजे पाटन दरबार स्क्वायर जाने कार्य तालिका छ । परिवार सहित आएका उनको नेपाल भ्रमण राजनितिक भन्दा पनि सदभावना र पारिवारिक भ्रमण थियो ।

उनले नेपाल रहदा भक्तपुर दरबार स्वायर, नारायाणहिटी दरबार संग्रहालय देखि पोखराको विभिन्न पर्यटकीय क्षेत्रहरुको समेत अवलोकन गरेका थिए । बुधबार उनले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, नेकपाका अध्यक्ष प्रचण्ड, काँग्रेस सभापति शेरवहादुर देउवा र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना सम्मलाई भेटवार्ता गरेका थिए । पोखरामा त उनले परिवार सहित फेवातालमा डुंगा सयर गरे भने रुपाकोट रिसोर्टबाट प्राकृतिक सुन्दरता अवलोकन गरेका थिए । पाटन दरबार स्वायरको अवलोकन गरेर उनी साँझ ५ वजे स्वदेश फर्किने छन् । 

प्रतिक्रिया दिनुहोस